स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड

सेयर गर्नुहोस

राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा आज आजको आवश्यकता रहेको बताउनुभएको छ ।

बागलुङ नगरपालिका–१२ बलेवा, अमलाचौरस्थित पृथ्वीहिरण्य माध्यमिक विद्यालयको नवनिर्मित सुविधा सपन्न भवनको हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले राज्यलाई पछि योगदान दिने विद्यार्थीलाई आज गुणस्तरीय शिक्षा प्रदान गर्नु सरकारको दायित्व भएकामा जोड दिनुभयो । राष्ट्रपतिले भन्नुभयो, “अभिभावक र विद्यार्थीबीचको सम्बन्धबाट नै असल शिक्षा आर्जन गर्ने वातावरण मिल्छ, गुणस्तरमैत्री विद्यालय बनाउन सबैले योगदान गर्नुपर्छ ।”

विद्यालयलाई सक्षम बनाउनका लागि स्थानीयस्तरवाटै सकरात्मक भूमिका खेल्नुपर्ने पनि उहाmँले बताउनुभयो । समाजसेवी हिरण्यप्रसाद ढकालका स्मृतिमा उहाँको परिवारले निर्माण गरेको विद्यालयको भवन हस्तान्तरण गर्दै राष्ट्रपति भण्डारीले विद्यालय परिसरमा निर्मित समाजसेवी ढकालको शालिकसमेत अनावरण गर्नुभयो ।

समाजसेवी ढकालको स्मृतिमा उहाँकी धर्मपत्नी जानुका तथा उहाँका छोरा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकाल र हेमराज ढकालद्वारा निर्मित विद्यालय भवनको साँचोसमेत विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

सुविधासम्पन्न अपाङ्गतामैत्री सोह्रकोठे भवन रु ६ करोड २४ लाख लगानीमा निर्माण गरिएको विद्यालयले जनाएको छ । अमलाचौरको एक मात्र माध्यमिक विद्यालयलाई नमूना विद्यालय बनाउनका लागि ढकाल परिवारले भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि लगानी गर्दै आएको छ ।

विद्यालयका पूर्वविद्यार्थी डा हेमराज शर्माको संयोजनमा विज्ञान प्रयोगशाला, इ–पाटी, कम्प्युटर ल्याब र पुस्तकालयको व्यवस्थासमेत गरिएको छ । कक्षा १२ सम्म अध्ययनअध्यापन हुने सो विद्यालयमा हाल ३८८ विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानध्यापक प्रेम चापागाईँले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -