स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

निर्माणाधीन बद्रिनारायण उन्नयनार्थ ऐतिहासिक गीताज्ञान महानुष्ठान : पण्डित पोखरेल

पण्डित दीनबन्धु पोखरेल
सेयर गर्नुहोस

यही वैशाख २३ देखि ३० गतेसम्मे नारायण पोखरेल प्रतिष्ठानको तत्वाबधान एवं वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलज्यूको सत्सङ्कल्प तथा समस्त भक्तजनको सहभागितामा बद्रिनारायण धामसहितको बृहद् नारायण अध्यात्मिक केन्द्रको उन्नयनार्थ आयोजित ऐतिहासिक गीताज्ञान महानुष्ठान को विषयमा प्रतिष्ठानका प्रमुख संरक्षक एवं सुविख्यात युवावाचक वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलसँग द टाइम्स अफ नेपालका प्रधानसम्पादक ज्ञान प्रसाद पोखरेल ले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :

गीताज्ञान महानुष्ठानको काममा व्यस्त हुनुभएको हो ?

हो । नारायण पोखरेल प्रतिष्ठानको तत्वाबधानमा नागार्जुन–७, रामकोटमा निर्माणाधीन नमूना बद्रिनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्रको उन्नयनार्थ यही मिति वि.सं. २०७६ वैशाख २३ देखि ३० गतेसम्म नागार्जुन –४, सीतापाइला चोक, काठमाडांैमा ऐतिहासिक गीताज्ञान महानुष्ठानको स–गौरव आयोजना गरिएको छ । प्रतिष्ठान परिवार एवं समस्त समादरणीय भक्तसज्जनको सकृयतामा सञ्चालन हुने महानुष्ठान सम्पन्न गर्न को लागि ब्यस्त भएको छु ।

 

गीताज्ञान महानुष्ठान गर्नुको उद्देश्य तथा महत्व के होला ? यसलाई पारर्दशी बनाउने आधार के होला ? यस महानुष्ठानबाट गर्नु भएको अपेक्षा र प्रतिवद्धता के हो ?

राष्ट्रको सर्वाङ्गिण विकासमा आध्यात्मिक क्षेत्रले खेल्ने भूमिका र आध्यात्मिक चेतनामार्फत समाजमा सनातन धर्म, संस्कृति र वैदिक शास्त्रहरूको प्रचार प्रसारगरी राष्ट्र निर्माणको अभियानमा जुट्नु भएका धार्मिक शहिद वाचन शिरोमणि पण्डित नारायणप्रसाद पोखरेलले दृष्टिकोणलाई सदा जीवन्त बनाउदै,गीताकोे तार्किक व्यवहारिक, वैज्ञानिक तथा समसामयिक व्याख्या गरी समस्त ज्ञान अनुरागीहरुमा आन्तरिक जागृति पैदा गर्न ।
बद्रि नारायणधाम सहितको नारायण आध्यात्मिक केन्द्रको विश्वव्यापी प्रचार प्रवाह तथा संचालन गरी नेपाललाई आध्यात्मिक केन्द्रको रुपमा विकाश गर्न टेवा पु¥याउन । र
.आध्यात्मिक तथा धार्मिक पर्यटनको नाममा विदेशिने अरवौं स्वदेशी धनराशीलाई स्वदेशमा परिचालन तथा प्रयोग गर्ने राष्ट्रव्यापी जागरण पैदा गर्नका निम्ति भक्तजनद्धारा प्रदान गरिने दानदातव्यवाट निर्माणाधिन बद्रि नारायणधाम सहितको नारायण आध्यात्मिक केन्द्रकोे उन्नयनार्थ गीताज्ञान महानुष्ठानकोे आयोजना गरिएको हो ।

यस महानुष्ठानवाट करिव ५– ७ करोड दातव्य संकलन हुने र कार्यक्रम वापतको अनुमानित खर्च ८० लाख हुने अनुमान गरिएको छ । यसको सम्पूर्ण हरहिसाव दुरुस्त राखी लेखा परिक्षण र सामाजिक लेखापरिक्षण गरी दान दातव्यवाट उठेको रकमवाट वचेको शेष बद्रि धाम निर्माणार्थ सदुपयोग गरिने छ ।

यो वृहत् योजना कार्यान्वयन गर्न प्रतिष्ठान पूर्ण रुपमा प्रतिवद्ध छ । साथै नेपाल सरकार, विदेशी दातृ संघ, संस्था तथा वैयक्तिक सहयोगको प्रतिष्ठान अपेक्षा गर्दछ ।

हाल बद्रिनारायण धामसहितको बृहद् नारायण अध्यात्मिक केन्दको निर्माण अवस्था कस्तो छ र यो कहिलेसम्म सम्पन्न हुन्छ ?

प्रतिष्ठानको विभिन्न उदेश्यहरु मध्येको एउटा मूल उदेश्य पुर्तिका लागि प्रतिष्ठानको नाममा भएको काठमाडौै जिल्ला साविक रामकोट गाविस वडा नं. १, हाल नागार्जुन ७ अन्तर्गत चापाचौर भन्ने क्षेत्रको सरकारी स्वामित्वमा रहेको करीव २२ रोपनी सार्वजनिक जग्गा भोगाधिकार प्राप्त गरी उक्त स्थानमा नेपालकै नमुना आध्यात्मिक केन्द्र स्थापनाका लागि बृहत् योजनाका साथमा २०७६ साल बैशाख २३ गते देखि ३० गतेसम्म काठमाण्डौको सतिापाइला चोकमा ऐतिहासिक गीताज्ञान महानुष्ठान सञ्चालन गरी आंशिक आर्थिक स्रोत संकलन गर्ने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको जानकारी गराउदैं उक्त कार्यक्रमवाट संकलित दातव्यवाट निर्माणधिन बद्रि नारायण धामको निर्माण अगाडी वढाउने उदेश्य रहेको जानकारी गराउदछौ । साथै उक्त स्थानमा हाल निम्नानुसारका भौतिक निर्माण कार्य तिव्र रुपले भईरहेको जानकारी गराउदछौं ।

 

मूल प्रवेशद्वार, आश्रम प्रवेशद्वार, प्रशासनिक भवन, बद्रीनारायण धाम सहित देवी देवताको मन्दिर (राम मन्दिर, पाञ्चायन मन्दिर, गणेश मन्दिर), अध्ययनशाला, पुस्तकालय, वाचनालय, योग स्थल, धार्मिक प्रवचन गृह, धार्मिक प्रवचन गृह, धार्मिक प्रवचन गृह, धार्मिक प्रवचन गृह, धार्मिक प्रवचन गृह, धार्मिक प्रवचन गृह, धर्मशाला, अतिथि गृह, गुरु आश्रम, बाउण्ड्री वाल तथा रिटेनिङ्ग वाल, बाउण्ड्री वाल तथा रिटेनिङ्ग वाल, आन्तरिक मार्ग, ध्यान कुटीहरू तथा वाग–वगँैचा, कर्मचारी निवास, भान्छा घर, शौचालय, स्नानघर, तथा अन्य आवश्यक भौतिक संरचना रहेका छन ।

उक्त निमार्णहरु मध्ये मन्दिरको जग, २ वटा भवन र मुर्तिका साथै घेरावन्दी पर्खाल निर्माण भईसकेको र सो कालागि करिव १० करोड खर्च भईसकेको र निर्माण कार्य सम्पन्न गर्न करिव ५० करोड खर्चहुने अनुमान गरिएको छ ।

यो वृहत् योजना कार्यान्वयन गर्न प्रतिष्ठान पूर्ण रुपमा प्रतिवद्ध छ । साथै नेपाल सरकार, विदेशी दाता संघ, संस्था तथा वैयक्तिक सहयोगको अपेक्षा छ । अपेक्षा अनुसार सहयोग प्राप्त भए योजना छिटो सम्पन्न हुनेछ ।

के बद्री नारायण धाम नारायण पोखरेल प्रतिष्ठान र दीनबन्धु पोखरेलको एकल प्रयासबाट बन्दै हो ?

होइन नारायण पोखरेल प्रतिष्ठानको तत्वाबधान एवं वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलज्यूको सत्सङ्कल्प तथा नेपाल सरकार, विदेशी दाता संघ, संस्था र समस्त भक्तजनको सहभागितामा बद्रिनारायण धामसहितको बृहद् नारायण अध्यात्मिक केन्द्र बन्दै छ ।

महानुष्ठानको बारेमा थप सन्देश दिन चाहनुहुन्छ कि ?

‘मोह त्याग गर्नु, अनाशक्त बन्नु, सधैँ अध्यात्मवादी र द्वन्द्वरहित व्यक्तिले नै अविनाशी पद प्राप्त गर्छ’ भन्ने गीताको महान विचार शाश्वत छ । विश्वको अग्रणी दर्शन वैदिक सनातनीय पद्धति हाम्रो आधार स्तम्भ हो, यही पद्धति स्वीकार गरी अघि बढ्नु हाम्रो परमकर्तव्य पनि हो । वेद, पुराण, उपनिषद आदि आध्यात्मिक ग्रन्थबाट निर्देशित, विद्वान–विदुषीको दिव्य ज्ञानले सिञ्चित, आराध्यदेव भगवान पशुपतिनाथद्वारा संरक्षित, षड्दर्शनको उद्गमस्थल र अद्वितीय पावनभूमि तथा विविध पौराणिक, ऐतिहासिक र प्राकृतिक महत्वले गर्वित तथा सिद्ध तपस्वीहरूको तपोभूमि पनि हो नेपाल ।

यही यथार्थतालाई मध्यनजर गरी आध्यात्मिक तथा भौतिकवादको समायोजन भनौँ या “सर्वकालिक ज्ञानवाद र आधुनिक तत्ववाद”को समिश्रण (समायोजन) द्वारा सनातन धर्मावलम्बीहरूलाई श्रीमद्भगवद्गीताको आध्यात्मिक, व्यावहारिक तथा दार्शनिक पक्षको उजागर गरी जागृत गर्ने हेतु नेपालका प्रथम धार्मिक शहीद वाचन शिरोमणि पण्डित नारायणप्रसाद पोखरेलको नाममा स्थापित नारायण पोखरेल प्रतिष्ठानको तत्वाबधानमा नागार्जुन–७, रामकोटमा निर्माणाधीन नमूना बद्रिनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्रको उन्नयनार्थ यही मिति वि.सं. २०७६ वैशाख २३ देखि ३० गतेसम्म आयोजित ऐतिहासिक गीताज्ञान महानुष्ठानको पावन अवसरमा सहभागी भई अमृतमय ज्ञानसुधा पान गरी जीवन सफल बनाउनु हुन र महानुष्ठान सु–सम्पन्न गर्नका लागि तन, मन र धनले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनु हुन समस्त श्रदालु समादरणीय भक्तसज्जनमा सादर अनुरोध छ ।
नारायण !

सेयर गर्नुहोस

योगदानकर्ता

+ज्ञान प्रसाद पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -