स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

विद्याश्रममा आश्रित आमाबुवाहरुलाई खाद्यान्न, फलफूल वितरण

सेयर गर्नुहोस

भक्तपुर । नेपाल ज्योतिष परिषद भक्तपुरले मातृदिवसमा वोडोस्थित श्री द्यीमाँ जगत विद्याश्रममा आश्रित आमाबुवाहरुलाई एक कार्यक्रमका वीच खाद्यान्न, फलफूल र फूल वितरण गरीयो ।

वृद्धाश्रमकै सभा हलमा आयोजित एक समारोहमा ज्योतिष परिषदमा अध्यक्ष केदार प्रुसाद जोशीले अध्यक्ष प्रेमचन्द्र अदुवा श्रेष्ठलाई सो सामाग्रीहरु हस्तान्तरण गर्नु भयो । त्यसपछि आगन्तुक अध्यक्ष जोशी तथा अन्य परिषदका पदाधिकारीहरुले सगुन र फूलमाला प्रदान गरी आमाबुबाहरुलाई सम्मान गरेका थिए ।
सम्मान समारोहमा अध्यक्ष जोशीले यो हाम्रो सानो प्रयास हो भन्नु हुँदै दीर्घायु र सु–स्वास्थ्यको लागि शुभकामना व्यक्त गर्नुभयो । वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेमचन्द्र अदुवा श्रेष्ठले वृद्धाश्रमबारे परिचय दिदै दाताहरुप्रति आभार ब्यक्त गर्नु भयो ।

सभाका सञ्चालक स्टार एक्सप्रेस साप्ताहिकका सम्पादक प्रवीण जोशी हुनुहुन्थ्यो भने स्वागत मन्तव्य परिषदका कार्यसमितिका सदस्य बालकृष्ण अधिकारीले गर्नुभएको थियो । परिषदका उपाध्यक्ष भूप्रकाश जोशीले धन्यवाद व्यक्त गर्नुभएको कार्यक्रममा अन्य अतिथिहरु इसान भक्तपुरका अध्यक्ष प्रेमजन थापा श्रेष्ठ, नेपाल मजदुर किसान पार्टी मध्यपुर इन्चार्ज सूर्यराम श्रेष्ठ, ज्योतिष केन्द्रिय सदस्य हितराज श्रेष्ठ र जोशी समाज भक्तपुरका निवर्तमान अध्यक्ष अच्युतराज दैवज्ञ लगायतले सो कामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -