स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

सभामुखद्वारा लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को अवलोकन

Trending news,Krishna Bahadur Mahara
सेयर गर्नुहोस

काठमाडौँ, २१ वैशाख: सभामुख कृष्णबहादुर महराले लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को विशेष प्रदर्शनीको उद्घाटन तथा अवलोकन गर्नुभएको छ ।

उहाँले चलचित्र प्रदर्शनीअघि लिम्बू समुदायको महत्वपूर्ण बाजाका रुपमा रहेको च्याब्रुङलाई के साङ्लाले बजाएर औपचारिक कार्यक्रमको उद्घाटन गर्नुभयो । झापाका मिर्गौलापीडित निर्मल लिम्बूको सहयोगार्थ चलचित्रको विशेष प्रदर्शनी गरिएको हो ।

चलचित्र प्रदर्शन हुनुअघि आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले नेपाल विविध जातजाति, भाषा, कला संस्कृतिको धनी भएको बताउनुभयो । चलचित्र ‘के साङ्ला’ले लिम्बू जातिको भाषा, संस्कृति र कलाको संरक्षण एवं सम्वद्र्धनमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै सभामुख महराले आफ्नो इतिहास, संस्कृति र परम्पराको संरक्षणमा जागरुक भई लागेकामा चलचित्र युनिटको प्रशंसा गर्नुभयो ।

चलचित्र बनाएर व्यवसाय गर्नेभन्दा आफ्नो मौलिक कला संस्कृतिको संरक्षण एवं समाजसेवातर्फ लागेकामा खुशी व्यक्त गर्दै सभामुख महराले चलचित्रको आम्दानीबाट मिर्गौलापीडितलाई सहयोग गर्ने कार्य निकै सराहनीय भएको बताउनुभयो । सो अवसरमा सभामुख महराले देश तथा विदेशबाट सङ्कलन गरिएको रु एक लाख ६३ हजार रकम मिर्गौलापीडित लिम्बूलाई हस्तान्तरण गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -