स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

च्याउखेतीबाट रु छ लाख आम्दानी

masroom - The Times of Nepal
सेयर गर्नुहोस

बनेपा, २० वैशाख :बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका हरिदास श्रेष्ठ पत्रकारितासँगै च्याउखेतीमा व्यस्त रहनुभएको छ ।

श्रीमान् श्रीमती नै खटेर काम गर्ने गरेको च्याउखेतीबाट वार्षिक रु छ लाख नाफा हुने गरेको बताउँदै उहाँले दिउँसो पत्रकारिता गर्ने र बिहानबेलुका फार्ममा खट्ने गर्छु भन्नुभयो । उहाँले भन्नुभयो, “सबै काम मिलाएर पालैपालो गर्छौँ”, धेरै खट्नु पनि नपर्ने र आम्दानी राम्रो हुने भएकाले च्याउखेती नरन्तर गर्दै आएको छु ।

” बल (गोला) ले उत्पादन दिन छाडेपछि अर्को हाल्नका लागि बाहिर जिल्लाबाट काम गर्न आउने मान्छेलाई ठेक्कामा बनाउन दिने र अरु हेरचाहको काम आफूले गर्ने गरेको उहाँको भनाइ छ । उहाँले ‘आहा फ्रेस मसरुम एन्टिग्रेटे«ड एग्रिकल्चर फार्म’ मार्फत खेती गर्दै आइरहनुभएको छ । विसं २०६६ बाट शुरु गरेको उहाँको च्याउ फार्ममा अहिले दुई हजार बल (गोला) छ, जसको आठदेखि १२ केजीसम्मको बल बन्छ ।

त्यही बलबाट चार महीनासम्म उत्पादन लिने गर्छ । अब १५÷१६ दिनपछि फेरि अर्को टनेल शुरु हुने उहाँले बताउनुभयो । “यता सकिँदै गएपछि भएको टनेलको अर्कोपट्टी शुरु हुने गरी काम गर्दैछौं ।’ उहाँले भन्नुभयो, “एउटा गोलाले शुरुको गरेको दिनदेखि चार महीनासम्म उत्पादन दिन्छ ।” अहिले उत्पादन भइरहेको गोलाले साउनसम्म धान्ने उहाँको भनाइ छ । त्यसरी गरेको उत्पादनमा अरु विषादी(रसायन) प्रयोग नगरी जैविक विषादी प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।

पहिला आफै खटेर काम गर्ने गरेको भए पनि अहिले च्याउ उत्पादन गर्ने प्लाष्टिकको गोला बनाउने अर्कैलाई ठेक्कामा दिने गरेको उहाँले बताउनुभयो । ‘काम गर्ने पनि आफै, लगानी पनि आफ्नै हुँदा धेरै बोझ भएर बाहिर जिल्ला भैरहवा, पर्सा र नवलपरासीबाट तयारी पराल ल्याएर काम गर्ने गरेका छौं’, उहाँले भन्नुभयो, “मलाई यति किलोको चाहियो भनेपछि त्यही सम्बन्धीत व्यपारीले त्यसै अनुसारले ल्याउनुहुन्छ ।”

काटेको भुसा किलोको हिसाबमा लिने गरेको छ । सिजन अनुसार त्यसरी गोला बनाउनेलाई एउटा गोलाको २८ देखि ३२ रुपैयाँसम्म दिने गरेको उहाँले बताउनुभयो ।

उत्पादनको लागि बीउ महत्वपूर्ण भएको बताउँदै उहाँले मैले सधैँ काठमाडौँको कालिमाटीबाट सिडल्याण्ड मसरुम सेन्टरबाट ल्याउने गर्छु । उहाँले भन्नुभयो, “मैले कति वटा गोलामा राख्ने र कसरी राख्ने भनेर सोचेर बीउ राख्ने गरेकोले पनि अर्डर गर्न सजिलो भएको छ ।” उहाँले अहिले पाँच वटा छाप्रोमा खेती गर्दै आइरहनुभएको छ ।

पहिला गोलो रुपमा बनाएको प्लााष्टिको टनेल(छाप्रो)मा खेती गर्दा कम अट्ने र नमस्ते आकारको बनाएर हाल्दा धेरै बल(गोला) अट्ने भएकाले छाप्रोको आकार समेत परिवर्तन गरी बनाएको उहाँले बताउनुभयो । आफ्नै अध्ययनले थोरै जग्गामा धेरै उत्पादन विसं २०५८ बाट व्यावसायिक रुपमा च्याउखेती शुरु गरेको बताउने उहाँ बीचमा विदेश जानुभयो ।

त्यही काम गर्ने बेलामा च्याउ उत्पादन गर्ने तरिका र थोरै जग्गामा धेरै उत्पादन गर्ने विधिको बारेमा बुझ्न पाएपछि पुनःआफ्नै ठाउँमा फर्केर विदेशमा देखिएका प्रविधिको समेत अध्ययन गरी थोरै जग्गामा गरेको खेतीबाट पनि कसरी धेरैभन्दा धेरै उत्पादन लिन सकिन्छ भन्ने कुरा समेत हेरेर बुझेर त्यही अनुसारले खेती गर्न थालेको उहाँले बताउनुभयो । च्याउखेती गर्ने तरिकामा पहिलो पटक नेपालमा आफूले नै गोला झण्ड्याएर उत्पादनमा बढी आम्दानी लिएको उहाँको दाबी छ ।

१३÷१४ वर्षदेखि निरन्तर रुपमा खेती गर्दै आइरहनुभएको उहाँले उत्पादन गरेको च्याउ पहिला कार्यालय कार्यालयमा अर्डर अनुसार बेच्ने गरेको थियो भने अहिले आफैले पसल राखेर बिक्री गरिरहनुभएको छ । व्यावसायिक रुपमा खेती गर्न थालेसँगै अहिलेसम्ममा पनि बजारमा बिक्री भएन भन्ने समस्या झेल्नु नपरेको उहाँको भनाइ छ ।

सोही पेशाबाट जग्गा समेत खरीद गरी एउटा सानो कटेज बनाएर बसिरहेको उहाँको भनाइ छ । विसं २०५४ देखि फोटो ग्राफी र भिडियो ग्राफी गर्दै आउनुभएका उहाँले विभिन्न टेलिभिजनमा क्यामेरा मेन भएर काम गर्दै आउनुभएको छ ।

हाल कृषि टेलिभिजनको क्यामेरा मेन रहनुभएका उहाँ अझै पनि सोही पेशालाई नै निरन्तरा दिने बताउनुहुन्छ । उहाँकी श्रीमती कृष्णलक्ष्मी श्रेष्ठ(सरला)ले दुबै जना मिलेर च्याउखेती गर्दै आएको बताउनुभयो । ‘भ्याउने बेलामा दुवै जनाले गर्ने हो’, उहाँले भन्नुभयो, “नभ्याउने बेलामा एकलैले पनि गर्दै आएकी छु ।” दुवैजनाले मिलेर काम गर्दा सजिलो पनि हुने उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -