स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

पाउद्वार–किन्दु सडक निर्माण

सेयर गर्नुहोस

म्याग्दी, १९ वैशाख : अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ स्थित पाउद्वारदेखि किन्दुसम्म सडक निर्माण गरिएको छ ।

उक्त गाउँपालिकाको अनुदान सहयोगमा गत वर्ष पाउद्वारदेखि शुरु गरिएको सडक यसपालि झारवाङ हँुदै किन्दुसम्म पु¥याइएको हो ।

पाउद्वार र झारवाङको सिमानामा रहेको सेते प्लेट भिरक्षेत्रमा ट्र्याक खोलिएपछि पाउद्वार किन्दु सिधा सडक सञ्जालमा जोडिएको वडासदस्य राजेश तिलिजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले दुई चरणमा विनियोजन गरेको रु २२ लाख अनुदान सहयोगमा भिरमा ७५० मिटर लामो सडकको ट्र्याक निर्माण गरिएको हो ।

गत वर्ष गाउँपालिकाले विनियोजन गरेको रु पाँच लाखबाट पाउद्वारदेखि सेते प्लेटको भिरसम्म सडक पु¥याइएको थियो । वडासदस्य तिलिजाका अनुसार पाउद्वारदेखि किन्दुसम्म जोड्ने सडकको दूरी पाँच किलोमिटर छ । सडक निर्माण भएपछि नेपाने, पाउद्वार, झारवाङ, किन्दु, स्वाँता, घोस्केखोर, फलाते र चित्रेका बासिन्दालाई सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष टीकाराम तिलिजाले बताउनुभयो ।

हाल प्रयोगमा रहेको सडकभन्दा यो सडक छोटो भएकाले यस सडकलाई पोखरेबगर–घार–शिख–चित्रे सडकको वैकल्पिक मानिएको अध्यक्ष तिलिजाले उल्लेख गर्नुभयो । स्थानीयवासीलाई आवतजावतका साथै गाउँमा उत्पादन भएको आलुलगायत कृषि उपज निकासी, निर्माण र खाद्यान्न सामग्री ढुवानीमा सहज भएको छ ।

साबिकको शिख र घार गाविसलाई समेटेको यो सडक गाउँपालिकाको केन्द्र पोखरेबगर जोड्ने चक्रपथसमेत बनेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । उहाँले पूर्वाधार विकास कार्यालयमार्फत शिखको स्वाँतामा मोटर चल्ने पुल निर्माणाधीन अवस्थामा रहेको र घारखोलामा अर्को मोटर चल्ने पुल बनाउन पहल गरिएको बताउनुभयो ।

सडक विस्तारमा घुम्ती र ग्रेड सुधार गरेर बाह्रै महीना नियमित सवारी साधन सञ्चालन गर्ने बनाउन गाउँपालिकाबाट थप बजेट उपलब्ध गराउने प्रतिबद्धता अध्यक्ष पुनले गर्नुभयो । पाउद्वारका बासिन्दाको पहलमा तीन वर्षअघि पोखरेबगरदेखि पाउद्वार जोड्ने नौ किलोमिटर सडक निर्माण भएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -