स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

वन तथा वातावरणमन्त्री दोहा प्रस्थान

shakti basnet,Forest and Environment Minister, Shakti Bahadur Basnet
सेयर गर्नुहोस

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत ‘एशिया कोपरेशन डाइलग’ (एसिडी) को १६आँै सम्मेलनमा भाग लिन आज कतारको दोहा प्रस्थान गर्नुभएको छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा मन्त्री बस्नेत नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँले सम्मेलनअन्तर्गत बुधबार हुने सदस्य राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्नहुनेछ । मन्त्री बस्नेतसँग परराष्ट्र मन्त्रालयका सम्बन्धित विभाग हेर्ने अधिकारी पनि सहभागी हुनुहुन्छ ।

सम्मेलनअन्तर्गत आज सदस्य राष्ट्रहरुका वरिष्ठ पदाधिकारीस्तरीय बैठक भएको छ । सन् २००२ मा स्थापना भएको ‘एसिडी’ क्षेत्रीय सङ्गठन हो । एशियाली देशबीच एकता बढाउन स्थापना भएको यस सङ्गठनमा एशियाका ३४ राष्ट्र सदस्य छन् । नेपाल २०१६ मा ‘एसिडी’को सदस्य बनेको हो । मन्त्री बस्नेतले नेपालका तर्फबाट जलवायु परिवर्तनसम्बन्धी विषयमा पनि धारणा राख्नुहुनेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -