स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

शीर्षक: मासिक रचना वाचन सम्पन्न

सेयर गर्नुहोस

काठमाडौँ, १७ वैशाख : “रङ्गमञ्चलाई साहित्यको विधाका रुपमा ग्रहण गरी सम्मानित गरेकामा म अत्यन्तै हर्षित भएको छु । यो सम्मान मेरा प्रिय मित्र अशेष मल्ललाई प्राप्त भएकोले नभई साहित्यलाई फराकिलो ढङ्गले ग्रहण गरेकामा मलाई खुसी लागेको छ।

नोबेल पुरस्कार बब डिलनलाई दिइन्छ भने लीलाध्वज स्मृति सम्मान रङ्गकर्मीलाई प्रदान गर्न किन नहुने?” प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेले लीलाध्वज थापा प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रममा उक्त विचार राखेका हुन् ।

रङ्गकर्म आफैँमा श्रव्यदृश्य साहित्य हुनाका कारण यसलाई अगाडि बढाउनु हरेक साहित्यकारको अभिभारा भएको वरिष्ठ रङ्गकर्मी अशेष मल्लको तर्क थियो । लीलाध्वज थापाको सुकसुकाउँदो बनेर हिँड्ने बानीको स्मरण गर्दै उनको प्रखर व्यक्तित्वबारे मल्लले चर्चा गरे । आफू लीलाध्वज थापा प्रतिष्ठानद्वारा सम्मानित हुनु र एउटै उडुसलाई टोकाएको मित्रको हातबाट सम्मान प्राप्त हुनु एउटा सुखद संयोग र गर्वको विषय भएको उनको कथन थियो ।

कार्यक्रममा कृष्णदेव रिमाल, रीता खतिवडा, रुद्र अधिकारी, पुष्पा धमला, कोपिला घिमिरे, सुनिल अधिकारी, उत्तम विचार, रविन्द्र आशिष शैली, डा• विदुर चालिसे, रत्न विरही घिमिरे, राधा कार्की, मिशन अधिकारी, उदास कार्की, निशा के•सी•,राजेन्द्र घिमिरे ‘ सागर ‘,राज श्रेष्ठ सागर,निर्मल पराजुली, सानु शर्मालगायत तीन दर्जन स्रष्टाहरूले आआफ्नो रचना वाचन गरेका थिए । माधव घिमिरे ‘अटल ‘ ले सहजीकरण गरेको सो कार्यक्रममा आफ्नो रचना वाचन गर्दै अध्यक्ष विजयध्वज थापाले कार्यक्रमको समापन गरेका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -