स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

काठमाडौंमा हुने ऐतिहासिक गीताज्ञान महानुष्ठानको तयारी पूरा

पण्डित दीनबन्धु पोखरेल
सेयर गर्नुहोस

काठमाडौं । नारायण पोखरेल प्रतिष्ठानको तत्वाबधान एवं वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलको सत्सङ्कल्प तथा समस्त भक्तजनको सहभागितामा बद्रिनारायण धामसहितको बृहद् नारायण अध्यात्मिक केन्द्रको उन्नयनार्थ यही बैशाख २३ गतेदेखि बैशाख ३० गतेसम्म काठमाडौंको सीतापाईला चोकमा ऐतिहासिक गीताज्ञान महानुष्ठान हुने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोना गरी गीताज्ञान महानुष्ठान आयोजकले यस्तो जानकारी गराएको हो । उक्त गीताज्ञान महानुष्ठानबाट संकलित दातव्ययबाट निर्माणधिन बद्रि नारायण धामको उन्नयनार्थ खर्च गर्ने उद्देश्य रहेको प्रतिष्ठानका प्रमुख संरक्षक एवम् अध्यक्ष सुविख्यात युवावाचक वाचन प्रविण पण्डित दीनबन्धु पोखरेलले जानकारी दिए ।

गीताज्ञान महानुष्ठानको उद्देश्य तथा महत्वबारे प्रकाश पार्दे पण्डित पोखरेलले राष्ट्रको सर्वाङ्गिण विकासमा आध्यात्मिक क्षेत्रले खेल्ने भूमिका र आध्यात्मिक चेतनामार्फत समाजमा सनातन धर्म, संस्कृति र वैदिक शास्त्रहरूको प्रचार प्रसारगरी राष्ट्र निर्माणको अभियानमा जुट्नु भएका धार्मिक शहिद वाचन शिरोमणि पण्डित नारायणप्रसाद पोखरेलले दृष्टिकोणलाई सदा जीवन्त बनाउदै,

गीताकोे तार्किक व्यवहारिक, वैज्ञानिक तथा समसामयिक व्याख्या गरी समस्त ज्ञान अनुरागीहरुमा आन्तरिक जागृति पैदा गर्न ।
बद्रि नारायणधाम सहितको नारायण आध्यात्मिक केन्द्रको विश्वव्यापी प्रचार प्रवाह तथा संचालन गरी नेपाललाई आध्यात्मिक केन्द्रको रुपमा विकाश गर्न टेवा पु¥याउन । र
आध्यात्मिक तथा धार्मिक पर्यटनको नाममा विदेशिने अरवौं स्वदेशी धनराशीलाई स्वदेशमा परिचालन तथा प्रयोग गर्ने राष्ट्रव्यापी जागरण पैदा गर्नका निम्ति भक्तजनद्धारा प्रदान गरिने दानदातव्यवाट १७ वटा हिमाल एकसाथ देखिने र काजी कालु पाँडेको समाधिस्थल समेत रहेको धामलाइ अनुपम केन्द्र स्थापना गर्न गीताज्ञान महानुष्ठानकोे आयोजना गरिएको जानकारी दिए । ।

जयराम लामिछानेको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै पण्डित पोखरेलले आफूहरुको मूल उद्देश्य भनेको नै समाज जोड्ने भएकोले बद्रिनारायण धाम वेद, बुद्ध र विज्ञानको त्रिवेणी हुने उनले स्पष्ट पारे । उक्त महानुष्ठान आध्यात्म र भौतिकवादलाई समायोजन गरेर नवज्ञान हाँसिल गरिनेपनि उनले जनाए । उनले भने,‘हिजोसम्म अध्यात्म र भौतिकवादको मिलन नै हुँदैन भनिन्थ्यो, तर हामी नदीका यी दुई किनारालाई मिलाउँछौं ।’ वेद र बुद्धको दर्शनको जन्म नेपालमा भएकोले यसलाई जागरण गराउन आफूहरु लागिपरेको पण्डित पोखरेलको भनाई छ ।

उनले उक्त अनुष्ठानमा सबै धर्मका अनुयायीहरुलाइ सहभागी भई अमृतमय ज्ञानसुधा पान गरी जीवन सफल बनाउनु हुन र महानुष्ठान सु–सम्पन्न गर्नका लागि तन, मन र धनले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनु हुन समस्त श्रदालु समादरणीय भक्तसज्जनमा सादर अनुरोध गरे ।

सेयर गर्नुहोस

योगदानकर्ता

+ज्ञान प्रसाद पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -