स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

अमेरिकी नागरिक डा. डिन भ्यानको योगदान सम्झदै नेपाली परम्परा अनुसार १३ औं दिनको पुण्यतिथि

सेयर गर्नुहोस

काठमाण्डौ, १५ वैशाख, (द टाइम्स अफ नेपाल ) क्रोध रहित संसार WWA ले संस्थाका प्रमुख संरक्षक अमेरिकी नागरिक डिन भ्यान लुभ्यान को सम्झानामा श्रद्धाजली सभा सम्पन्न गरेकोछ । आज काठमाण्डौमा आयोजित  कार्यक्रममा डिनभ्यानको सम्झनामा मौनधारण फोटोमा माल्यार्पण गरि उहाँका योगदानको चर्चा गर्दै कायृक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा संसद तथा पूर्व रक्षामन्त्री भिमसेन दास प्रधान प्रा. डा. मुरारी प्रसाद रेग्मी लगायतका विशिष्ठ व्यक्तीको उपस्थिति रहेको थियो । संसद तथा पूर्वमन्त्रि भीमसेन दास प्रधानले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा वोल्दै वक्ताहरुले भावनात्मक शिक्षा बाट मानिसमा भएको व्यवहार र आत्मालाई नियन्त्रणमा राख्दै विश्वभर नै शान्ति स्थापना गर्नको लागि डिन भ्यानको अभियान अति महत्वपूर्ण रहेको बताए ।

नेपाललाई दोस्रो जन्मघर बताउदै आउनु भएका डिनभ्यानको श्रदाञ्जली सभा कार्यक्रम नेपाली परम्परा अनुसार १३ औं दिनको पुण्यतिथिमा गरिएको आयोजक ले बताएको छ ।

कार्यक्रममा वोल्दै संस्थाका अध्यक्ष देशमर्दन वस्न्यातले विश्व शान्तिका लागि व्यक्तिको व्यवहार र भावनात्मक परिवर्तन गर्दै मानव संशाधनको विकास गर्नका लागिे डिन भ्यानको अभियान लाई अमर राखीने बताउनुभयो ।

“डिनभ्यान क्रोध रहित जीवन नामक पुस्तक का लेखक समेत हुनुहुन्थ्यो जुन पुस्तकले सन् २००३ मा अमेरिकामा Visionary अवार्ड प्राप्त गरेको थियो” । सोही पुस्तकले क्रोध रहित संसारको प्रेरणाको स्रोत बनेको हो । सो पुस्तक प्रा . डा. मुरारी प्रसाद रेग्मी, लक्ष्मण शाक्य लगायतका व्यक्तिहरुको अगुवाईमा नेपाली भाषामा अनुवाद र परिमार्जन गरि विद्यालयहरुमा क्रोधरहित तालिम दिदैं आइएको छ । हाल उक्त पुस्तक तामील, हिन्दी लगायतका भाषामा समेत अनुवाद भइसकेको छ ।

सुरुमा अमेरिका, क्यानाडा लगायतका मुलुकमा कसरी शान्ति प्राप्त गर्न सकीन्छ भनी अभियान चलाइरहेका अभियन्ता डा. डिनभ्यानसँग सम्पर्क गरी तत्कालिन राजीनीति अस्थितरताबाट गुज्रिएको नेपाललाई कसरी मुक्ति दिलाउन सकिन्छ भन्ने उदेश्यका साथ सोसाइटी फर वीथआउट एंगर नेपाल नामक संस्था स्थापना गरिएको थियो । जसको उद्देश्य विश्वमा क्रोधरहित समाज सिर्जना गर्नु थियो । पछि नाम परिवर्तन गरी क्रोधरहित संसार WWA राखिएको अध्यक्ष वस्नेतले जानकारी दिनुभयो ।

डिनभ्यानले अभियानको सिडी, डिभीडी प्राप्त रकम समेत संस्था संचालनको लागि पठाउने गर्नुहुन्थ्यो । हाल संस्थाले डिनभ्यानको नाममा द डिन अफ इन्टरनेशनल पिस प्राईज नामक पुरस्कार स्थापना गरेको छ । जुन पुरस्कार भावनात्मक साक्षरता बाट व्यक्तिगत सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्ति वा सकारात्मक सोच परिवर्तन गर्ने अभियन्तालाई प्रदान गर्दै आएको छ ।

डिनभ्यान यस अघि ललितपुरमा क्रोधरहित संसार र ग्लोबल पिसले आयोजना गरेको विश्व शान्तिका लागि व्यक्तिको व्यवहार र भावनात्मक परिवर्तन गर्दै मानव संशाधनको विकास गर्नका लागि भएको ‘आठौँ अन्तराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाल आउनु भएको थियो ।

एकदिने सम्मेलनमा नेपालसहित विश्वका भारत, अमेरिका, मलेसिया, इथोपिया, अष्ट्रेलिया, बेलायत, अष्ट्रिया, थाइल्याण्ड र इजिष्टबाट मनोवैज्ञानिकहरुले विश्वमा शान्ति कायम गर्नका लागि व्यक्तिमा कसरी शान्ति ल्याउने भन्नेबारे अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरेका थीए ।

सम्मेलनमा मनोवैज्ञानिक तथा मानसिक स्वास्थ्य, बुद्ध, धर्म र संस्कृति, शान्ति शिक्षा, भावनात्मक साक्षरतालगायत ५७ वटा कार्यपत्र प्रस्तुत गरिएका थीए ् । सम्मेलनमा क्रोधरहित समाज स्थापना गर्न भूमिका निर्वाह गरेका बेलायतका वरिष्ठ मनोवैज्ञानिक डा एन्टिगोनस सोकसलाई रु २५ हजार राशि रहेको ‘द डिन अफ पिस’ पुरस्कार प्रदान गरिएको थीयो । विसं २०६६ बाट हरेक वर्ष नेपालमा उक्त सम्मेलन हँुदै आएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -