स्वागतम्,
Tuesday 16th April 2024   |   Switch to English
Times of Nepal

पर्यटन व्यवसायबाट देश समृद्ध हुन्छ : गृहमन्त्री थापा

सेयर गर्नुहोस

पशुपतिनगर, १५ वैशाख : गृहमन्त्री रामबहादूर थापाले पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी देश समृृद्ध बनाउन सरकार क्रियाशिल रहेको बताउनुभएको छ ।

भारतसँग सीमा जोडिएको इलामको पशुपतिनगर सीमा नाकामा स्थापना भएको अध्यागमन कार्यालयको उद्घाटन गर्दै उहाँले हिमश्रङ्खला, नदी खोला, ताल र प्रकृतिमा रम्न आउने पर्यटकलाई सजिलोका लागि संरचना थप्ने काम भइरहेको बताउनुभयो । उहाँले विश्वका धेरै देश पर्यटनकै माध्यमबाट धनी भएकाले सरकारले नेपालमा धेरै पर्यटक भित्र्याउन सीमा क्षेत्रमा आवश्यक संरचना तयार गरिरेहेको जानकारी गराउनुभयो ।

भारतको पश्चिम बंगालस्थित दार्जिलिङ्ग आउने तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरि पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरिएको उल्लेख गर्दै उहाँले भारत सरकारलाई पनि आफ्नो क्षेत्रमा कार्यालय खोल्नका लागि कुटनीतिक पहल गरिएको बताउनुभयो ।

कार्यक्रममा अध्यागमन कार्यालयका महानिर्देशक ईश्वरीप्रसाद पौडेलले सरकारले ल्याएको पर्यटन वर्ष–२०२० को लक्ष्य गरी अध्यागमन कार्यालय स्थापना गरिएको जानकारी गराउनुभयो । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राईले प्रदेश सरकारले पर्यटकीय नगर घोषणा गरेको अध्यागन स्थापनापछि भुटान, बङ्गलादेशका पर्यटकलाई सेवा पुग्ने बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -