स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

सङ्घीय शिक्षा ऐन ल्याउन सरकारसँग माग

सेयर गर्नुहोस

काठमाडौँ, ११ वैशाख : शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) ले सङ्घीय शिक्षा ऐन चाँडोभन्दा चाँडो ल्याउन सरकासँग माग गरेको छ ।

(एनसिइ) ले आज सार्वजनिक शिक्षा सुदृढीकरणका लागि सप्ताहव्यापी कार्यक्रममको शुरु गर्दै सार्वजनिक शिक्षाको सुदृढीकरणको सन्दर्भमा वर्तमान सङ्घीय सरकारद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सरकारलाई बुझाएको चार महीनासम्म पनि सार्वजनिक हुन नसक्नु दुःखद् विषय भन्दै छिटो सार्वजनिक गर्न माग गरेको हो । त्यसैगरीे संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरेको निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी अधिकार कार्यान्वयन गर्न स्थानीय, प्रादेशिक तथा सङ्घीय सरकारद्वारा आआफ्नोतर्फबाट गम्भीररुपमा ध्यान दिन एनसिइ नेपालले जोडदार माग गरेको छ ।

सार्वजनिक शिक्षालाई निःशुल्क, गुणस्तरीय, अनिवार्य तथा जीवनोपयोगी बनाउनका निमित्त आवश्यक पर्ने लगानीको सुनिश्चितताका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारद्वारा ध्यान दिन र शिक्षा क्षेत्रमा सङ्घीय सरकारद्वारा हालको बजेटभन्दा कम्तीमा दोब्बर बजेट विनियोजन गर्न, स्थानीय एवं प्रादेशिक तहमा कूल बजेटको कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्न पनि माग गरिएको छ । ‘समावेशी, समतामूलक, गुणस्तरीय, निःशुल्क सार्वजनिक शिक्षा अधिकारलाई व्यवहारतः सुनिश्चित गरौँ’ भन्ने मूल विषयलाई आत्मसात् गर्दै मनाइने सप्ताहव्यापी कार्यक्रमको यो वर्षको नारा ‘मेरो शिक्षा मेरो अधिकार’ भन्ने रहेको छ ।

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०७६ का अवसरमा आयोजना भएको कार्यक्रममा एनसिइ–नेपाल र सर्वनाम नाट्य समूहसँगको सहकार्यमा वैशाख २५ गते प्रज्ञा–प्रतिष्ठानमा नाटकसहित विविध सांस्कृतिक कार्यक्रम गरिने संस्थाका अध्यक्ष कुमार भट्टराईले जानकारी दिनुभयो । विश्वव्यापीरुपमा मनाइने उक्त कार्यक्रम एनसिइ–नेपालले सन् २००३ देखि नेपालमा मनाउँदै आएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -