स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

पाथिभरा राष्ट्रिय पुरुष भलिबल वैशाख तेस्रो साता

सेयर गर्नुहोस

काठमाडौँ, १० वैशाख : तेस्रो संस्करणको पाथिभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता वैशाख तेस्रो सातादेखि ताप्लेजुङमा हुने भएको छ ।

उक्त प्रतियोगिता यही वैशाख २२ देखि २६ गतेसम्म हुने छ । नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोग तथा मौवाखोला क्लब र न्यू पाथिभरा क्लबको सह आयोजनामा हुन लागको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक दिवस चोङवाङले जानकारी दिनुभयो ।

सो प्रतियोगितामा सात प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र विश्व विद्यालयको टोली सहभागी हुनेछ । प्रतियोगिताको विजेताले रु तीन लाख ५१ हजार ५००, उप–विजेताले रु एक लाख ७६ हजार २५१ र सेमिफाइनलमा पराजित हुने दुवै टोलीले जनही रु ५० हजार पुरस्कार पाउनेछन् । लिग कम नकआउटका आधारमा हुने उक्त प्रतियोगिताको खेल ताप्लेजुङको मौवाखोला गाउँपालिका– ३ साघुस्थित नारायणी माविको खेल मैदानमा हुनेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -