स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

सुनसरीको सीमा नाका ४८ घण्टाका लागि बन्द

सेयर गर्नुहोस

इनरुवा, ९ वैशाख : सुनसरीको सीमा नाका ४८ घण्टाका लागि बन्द भएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी ४८ घण्टाका लागि सीमा नाका बन्द गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

वैशाख १० गते मङ्गलबार हुने भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सोमबार बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका सुनसरीका सीमा नाका बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल र भारतमा हुने निर्वाचनका वेलामा दुवै देशका सीमावर्ती क्षेत्रका प्रशासनिक निकायले आपसी छलफल र सहमतिका आधारमा सिमा नाका बन्द गर्ने गरिन्छ ।

सुरक्षालाई मध्यनजर गर्दै आइतबार राति १२ बजेदेखि वैशाख १० गते साँझ ६ बजेसम्मका लागि सीमा बन्द गरिएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । जिल्लाका कोशी ब्यारेजदेखि केसल्या नदीसम्मको ६२ किलोमिटर सीमा नाका बन्द गरिएको प्रहरी उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -