स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपति भण्डारीद्वारा स्वास्थ्य परीक्षण

President of Nepal - The Times Of Nepal - TON
सेयर गर्नुहोस

काठमाडौँ, ९ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा आज नियमित स्वास्थ्य परीक्षण गराउनुभएको छ ।

राष्ट्रपति भण्डारीले शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउनुभएको र हरेक तीन तीन महीनामा स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल जाने गर्नुभएको राष्ट्रपति कार्यालयका प्रेस विज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीको यही वैशाख ११ गतेदेखि १९ गतेसम्म चीनको राजकीय भ्रमणमा जाने कार्यक्रम तय भएको छ । सो कार्यक्रममा जानुअघि उहाँले नियमित स्वास्थ्य परीक्षण गराउनुभएको होे ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -