स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

महिला फुटबलमा थापाको ह्याट्रिक

सेयर गर्नुहोस

घोराही, ६ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा महिला फुटबल चलिरहेको छ ।

यही वैशाख ४ गतेदेखि शुरु भएको महिला फुटबलअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहरीकी निरु थापाले ह्याट्रिक गर्नुभएको छ ।

बिहान प्रदेश नं ५ र नेपाल प्रहरीबीच भएको खेलमा जर्सी नम्बर १४ की थापाले लगातार तीन गोल गर्नुभएको हो । यस्तै महिला फुटबलमा नेपाल प्रहरीकै जर्सी नम्बर ५ की अमृत जैसीले दुई गोल र जर्सी नम्बर ७ की निर्मला थापाले एक गोल गर्नुभएको छ ।

खेलमा ६–०ले नेपाल पुलिस विजयी भएको छ । प्रदेश ५ ले एउटा पनि गोल गर्न सकेन । अपराह्न ३ बजेदेखि प्रदेश २ र प्रदेश ३ बीच खेल चलेको जिल्ला फुटबलसँग दाङका अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -