स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

भिटामिन ए र जुकाको औषधि खुवाउँदै

भिटामिन ए
सेयर गर्नुहोस

काठमाडौँ, ६ वैशाख : सरकारले आज र भोलि जन्मेको ६ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए, जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ भने ती उमेर समूहका बालबालिकाको पाखुराको नापसमेत लिदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम रहेको छ । सङ्घीयता कार्यान्वयन भएसँग स्थानीय तहले सो कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीले जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका करीब २७ लाख ६८ हजार ५४० बालबालिकालाई भिटामिन ए र जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका २३ लाख ५६ हजार ८४३ बालबालिकालाई जुकाको औषधि र ती बालबालिकाको पोषणस्थित जानकारीका लागि पाखुराको नाप लिइने कार्यक्रम रहेको बताउनुभयो ।

भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम ४१ जिल्ला र ५६ जिल्ला पाखुराको नाप लिने कार्यक्रम सञ्चालन हुने छ । ती जिल्लामा ती कार्यका लागि करीब ३६ हजार बुथमा महिला स्वयंसेविका र स्वास्थ्यकर्मी गरी करीब ६० हजार जनशक्ति परिचालन हुनेछन् । भिटामिन ए को कमिले बालबालिकामा रतन्धो, दादुरा, झाडापखाला, कडा कुपोषण तथा छालाको रोग हुनसक्छ ।

यसबाट जोगाउन भिटामिन ए कार्यक्रमले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । शारीरिक विकास र रोगप्रतिरोध क्षमतालाई बढाउन भिटामिन ए ले सहयोग पु¥याउँछ । बालबालिकामा जुका पर्ने समस्यालाई न्यूनीकरण गर्न र उनीहरुलाई कुपोषण हुनबाट जोगाउन पाखुराको नाप लिई पोषणका बालभिटा समेत वितरण गर्दै आएकोछ । सरकारले हरेक वर्ष वैशाख ६ र ७ र कात्तिक २ र ३ गते सो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -