स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

चुनावकै बेला भारतमा थप दुई नक्सलवादी मारिए

सेयर गर्नुहोस

दन्तेवाडा, भारत, ५ बैशाख  – भारतको छत्तीसगढ राज्यमा पर्ने कौकोन्डा प्रहरी चौकी अन्तर्गतको सुरक्षा टोलीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा दुई नक्सलवादी मारिएका छन् ।

लोकसभा निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुले नक्सालवादी विरुद्ध सुरक्षा कारबाही गरेका हुन् ।

लोकसभा निर्वाचन अन्तर्गत छत्तीसगढको कान्कर, राज्नान्गन र महासमुन्द गरी तीन निर्वाचन क्षेत्रमा दोस्रो चरणको मतदान भएका बेला भएको सुरक्षा कारबाहीले निर्वाचनलाई पनि प्रभावित पार्ने आशंका गरिएको छ ।

यस प्रदेशमा ११ निर्वाचन क्षेत्र रहेका छन् । त्यसमध्ये बस्तार निर्वाचन क्षेत्रमा पहिलो चरणमै मतदान भइसकेको छ । नक्सालवादीहरुको बढी प्रभाव रहेको दन्तेवाडा र सुक्मा निर्वाचन क्षेत्रमा कडा सुरक्षाका बीच नागरिकहरुले आज बिहीबार मतदान गरिरहेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -