स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

पार्टीभित्र एकता जरुरी : सभापति देउवा

Sher Bahadur Deuba, President of the Nepali Congress ,latest news
सेयर गर्नुहोस

भीमदत्तनगर, २ वैशाख : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिभित्र एकता हुन जरुरी रहेको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उहाँले अबको समयमा पार्टी एक ढिक्का भएर अगाडी बढ्ने बताउनुभयो ।

सभापति देउवाले पार्टी एकताको शुरुआत अब कार्यकर्ता तहमा कञ्चनपुरबाट हुनुपर्ने बताउनुभयो । “पार्टीमा एकता भए कसैले पनि काङ्ग्रेसलाई हराउन सक्दैन”, उहाँले भन्नुभयो ।

आगामी निर्वाचनमा काङ्ग्रेस मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हुने उहाँले दाबी गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -