स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

नयाँ वर्षको शुरुआतसँगै विकासले तीव्रता पाउने : मुख्यमन्त्री पोखरेल

सेयर गर्नुहोस

बेझाड (पाल्पा), १ वैशाख  : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नयाँ वर्षको शुरुआतसँगै विकासले तीव्र गति पाउने बताउनुभएको छ

सेरोफेरोन्युज भित्तेपात्रो २०७६ को लोकार्पण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले संविधान जारी भएपछिको तीन वर्षको समय सोचेअनुसारका काम गर्न नसकिएको बताउँदै अब नयाँ वर्षको शुरुआतसँगै हरेक कामले गति लिने बताउनुभयो ।

उहाँले देशमा भूकम्प, नाकाबन्दी, तीन तहको निर्वाचन, सङ्घीयता कार्यान्वयन, कानून बनाउने जस्ता काममा अल्झिन परेको बताउँदै अब तीव्ररुपमा विकासले गति लिने बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था पाएको उल्लेख गर्दै उहाँले सबैलाई स्वीकार गर्ने वातावरण नयाँ वर्षले प्रदान गरोस् भन्नुभयो ।

प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले ‘समृद्ध प्रदेश खुशी जनता’ सरकारको नारालाई सबैले साथ दिएर अगाडि बढ्न आग्रह गर्दै अब विकासले प्रदेशमा गति लिने बताउनुभयो । नयाँ वर्ष २०७६ को अवसरमा सेरोफेरोन्युज दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा भित्तेपात्रो प्रकाशन गरिएको हो ।

पिपुल्स क्रियशन प्रालिद्वारा सञ्चालनमा आएको सेरोफेरोन्युज डटकमका सम्पादक मुक्तिप्रसाद न्यौपानेले सही र तथ्यपरकरुपमा छिटोछरितोरुपमा समाचार प्रवाह गर्दै आइरहेको बताउँदै सेरोफेरोन्युज युट्युब, फेसबुक र ट्विटरमा पनि निरन्तर अद्यावधिक भइरहेको जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -