स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

नेपाल टेलिकमलाई विश्वसनिय बनाउन सञ्चारमन्त्रीको आग्रह

Gokul Baskota, Minister of Communications - The Times Of Nepal
सेयर गर्नुहोस

जनकपुरधाम, ३० चैत  : सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निष्ठा, उत्तरदायी र जवाफदेही वहनलेनै देश, संस्था र जीवनको हित हुने बताउनुभएको छ ।

नेपाल टेलिकम जनकपुरधाम कार्यालयद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले टेलिकमको गरिमालाई बचाइ आमजनताको मन जित्ने विश्वसनीय संरचना, व्यवस्थापन र क्रियाशीलताको खाँचो औंल्याउनुभयो ।

उहाँले वर्तमान गतिले टेलिकमको भविष्य उज्ज्वल हुन नसक्ने उल्लेख गर्दै उहाँले एकातर्फ रूवावासीको अवस्था रहेको र अर्कोतर्फ युनियनले स्वायत्तताको माग अघि सार्नु चिन्ताको विषय रहेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले पल÷पलमा लापरवाही प्रस्ट भइरहेको स्थितिमा नेपाल टेलिकमलाई पहिलो बनाउने विश्वसनीय आधार आमजनता समक्ष प्रस्तुत गर्नु गहन चुनौती देखिएको चर्चा गर्दै कर्मचारीलाई इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो ।

टेलिकमलाई आम नागरिकले अपनत्व बोध गर्नसक्ने गरी ल्याएको शेयर वितरण कार्यक्रमलाई प्रभावकारी रूपले कार्यान्वयन गर्ने दिशामा व्यवस्थापन र कर्मचारीको सकारात्मक पहलको आवश्यकता रहेको पनि उहाँले धारणा राख्नुभयो ।

उहाँले सिम परिवर्तनका प्रणालीलाई स्थानीय तहमा विस्तार गरी अनलाइन सेवा उपलब्ध गराउनमा ध्यान केन्द्रित गरी नेटवर्किङ्ग समस्याको समाधान गर्न पहलको आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जनकपुर कार्यालय प्रमुख चिन्मय आनन्द र कर्मचारीले विद्यमान समस्याबारे जानकारी गराउनुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -