स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

दुर्गम क्षेत्रमा सेवा दिन चिकित्सकसँग आग्रह

गलत शल्यक्रिया, गलत औषधि प्रयोगको निर्देश , औषधिको मात्रा
सेयर गर्नुहोस

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले सरकार तथा स्वास्थ्यकर्मी दुवै मिलेर बिरामीलाई स्तरीय स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिनुभएको छ ।

यहाँ आयोजित साक्षात्कातरमा उहाँले स्वास्थ्यकर्मीले पनि संविधान, ऐनकानून तथा नियमलाई पालना गर्ने तथा दुर्गम क्षेत्रमा गएर त्यहाँका जनतालाई सेवा उपलब्ध गर्नुपर्ने औँल्याउनुभयो ।

उहाँले चिकित्सकको हडतालका कारण बिरामीले दुःख पाएको बताउँदै सरकार तथा स्वास्थ्यकर्मी एक ठाउँमा बसेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

डा यादवले जुन ऐनअन्तर्गत स्वास्थ्यकर्मीले फाराम भरेको हो सोअनुसार जनतालाई स्वास्थ्य सेवा दिन आग्रह गर्नुभयो । मन्त्रालयले चिकित्सकलाई समन्वय मात्र गर्दै आएको बताउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट समायोजन गर्ने काम भइरहेको बताउनुभयो ।

नेपाल मेडिकल एशोसिएशनका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले अवैज्ञानिक तथा हचुवाका भरमा चिकित्सकको समायोजन गरिएको आरोप लगाउँदै उहाँले दुर्गम क्षेत्रमा खटिएका चिकित्सकको वृत्तिविकास तथा पर्याप्त उपकरण उपलब्धता र काम गर्ने वातावरण बनाइदिए समस्या एक छिनमा नै समाधान हुने बताउनुभयो ।

सरकारी चिकित्सकका तर्फबाट डा सुशीलमोहन भट्टराईले जनयुद्धका बेला पनि सरकारको आँखा छलेर जनयुद्धका घाइतेको उपचार गरिएको तथा माओवादीको आँखा छलेर घाइते सरकारी सुरक्षाकर्मीको दुर्गम क्षेत्रमा बसेर उपचार गरिएको प्रसङ्ग उल्लेख गर्दै सरकारले स्वास्थ्य क्षेत्रमा सात प्रतिशत मात्र बजेट प्रवाह गरेकाले त्यसलाई १० प्रतिशत पु¥याउन आग्रह गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -