स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

वनस्पतिको व्यावसायिकखेती आवश्यक : मन्त्री बस्नेत

shakti basnet,Forest and Environment Minister, Shakti Bahadur Basnet
सेयर गर्नुहोस

काठमाडौँ, २९ चैत  : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनस्पतिको व्यावसायिकखेती विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

वनस्पति विभागको ५९औँ वार्षिकोत्सव तथा २०औँ वनस्पति दिवसको अवसरमा उहाँले नेपालमा पछिल्लो समय खेतीयोग्य जमीन खाली रहेकाले ती स्थानमा जडीबुटीको व्यावसायिकरण गर्न जरुरी रहेको बताउनुभयो ।

“राज्यको एकल प्रयासले मात्र यो अभियान सम्भव हुदैन, निजी क्षेत्र र सम्पूर्ण नागरिकको सहकार्यमा काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले आगामी दिनमा थप जिम्मेवारीपूर्वक र मेहनेतका साथ वनस्पति संरक्षण र विस्तारसँगै अनुसन्धानमा निरन्तर लाग्न विभागका कर्मचारीलाई आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले पछिल्लो समय नेपालले अनुसन्धानात्मक कार्यबाट वनस्पतिको स्रोत पहिचान र संरक्षणमा ठूलो फड्को मारेको उल्लेख गर्दै यसलाई अझै प्रभावकारी बनाउन जडीबुटी खेतीतर्फ जनसाधारणलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । विभागका महानिर्देशक सञ्जिवकुमार राईले नयाँ प्रविधि र सोचका साथ वनस्पितिको संरक्षणका लागि विभिाग निरन्तर लागिरहेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ खोज अनुसन्धान गर्न सके आर्थिक उपार्जनसँगै रोजगारीको अवसर प्रदान हुने थियो ।” यसवर्ष कर्णली प्रदेशलाई जडीबुटी जोन घोषणा गरिएको विभागका उपमहानिर्देशक मोहनदेव जोशीले जानकारी गराउनुभयो ।

हाल नेपालमा सात सय प्रजातीका वनस्पति छन् । वनस्पति क्षेत्रको खोज, अनुसन्धान र प्राध्यापनमा पु¥याउनुभएको योगदानको कदर गर्दै यसवर्षको राष्ट्रिय वनस्पति पुरस्कारबाट वनस्पति विभागका प्रोफेसर डा सङ्गिता राजभण्डारीलाई प्रदान गरिएको छ ।

त्यस्तै उत्कृष्ठ काम गर्ने छ कर्मचारीलाई कदरपत्रसहित सम्मान गरिएको छ । यस वर्षको नारा ‘वनस्पतिको उपयोग र व्यापार समृद्विको आधार’ रहेको छ ।

विभागका वैज्ञानिकले गतवर्ष साबुन बनाएका थिए भने यसवर्ष जुम्ला र कोशी नाम गरेका अत्तर बनाएका छन् । आगामी वर्ष तराई क्षेत्रमा बढी उपयोग हुने लामखुट्टेको टोकाइबाट बच्ने औषधि बनाउने विभागले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -