स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

चिकित्सकका माग उपयुक्त छैनन् : मन्त्री पण्डित

lal-babu-pundit-minester
सेयर गर्नुहोस

धनगढी, २८ चैत :सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनको विषयलाई लिएर चिकित्सकले उठाएका माग उपयुक्त नभएको बताउनुभएको छ ।

प्रेस क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “चिकित्सकका माग संविधान र सङ्घीयता विरोधी छन् ।” कर्मचारीका जायज मागप्रति भने सरकार गम्भीर रहेको उहाँले बताउनुभयो ।

मन्त्री पण्डितले समायोजनका विषयमा कर्मचारीले गरेका गुनासाका बारेमा छानबिन भइरहेको जानकारी दिनुभयो । कर्मचारी व्यवस्थापनको काम पूरा गरेर सरकारले आफ्ना काममा गति ल्याउन चाहेको उहाँको भनाइ थियो । मन्त्री पण्डितले चालू आर्थिक वर्षमा जनशक्ति व्यवस्थापनको सबै काम सम्पन्न गरिसक्ने बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -