स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

गोकर्णेश्वरका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

health news from nepal
सेयर गर्नुहोस

काठमाडौँ, २७ चैत : गोकर्णेश्वर नगरपालिकाले आगामी आर्थिक वर्षदेखि नगरभित्रका सबै ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।

जागरण महिला उपभोक्ता समितिले नगरपालिकाको वडा नं १ बराहटारस्थित राधाकृष्ण मन्दिरमा आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई नेपाल मेडिकल कलेजसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकलाई विशेष भ्रमणअन्तर्गत प्रत्येक वडाका लागि रु तीन लाख उपलब्ध गराएको र नगरपालिका क्षेत्रभित्र तीन वटा ज्येष्ठ नागरिक क्लब निर्माण प्रक्रिया अघि बढाइएको पनि उहाँले बताउनुभयो ।

नगर उपप्रमुख शान्ति नेपालले ज्येष्ठ नागरिकको सम्मानलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । कार्यक्रममा १६ पुरुष र १२ महिला गरी ८० वर्षभन्दामाथिका २८ जना ज्येष्ठ सदस्यलाई सम्मानसहित एक÷एक जोर लत्ताकपडा प्रदान गरिएको थियो । वडा नं १ का अध्यक्ष राम मानन्धरले २८ जना ज्येष्ठ नागरिकलाई रु एक÷एक हजार नगद प्रदान गर्नुभएको थियो ।

जागरण महिला उपभोक्ता समितिका अध्यक्ष नीता अर्यालले वडामा महिला र ज्येष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य, शिक्षा र स्वरोजगारका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -