तथ्याङ्क र खानी विधेयक पारित तथ्याङ्क र खानी विधेयक पारित



रुपन्देही, २५ चैत : प्रदेश नं ५ प्रदेशसभाले आज दुई विधेयक पारित गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्र्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी विधेयक सर्वसम्मत पारित भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभयो ।

बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलले तथ्याङ्क सम्बन्धी र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले खानी अन्वेषणसम्बन्धी विधेयक सभामा प्र्रस्तुत गर्नुभयो । आजको बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले प्रदेश नं ५ सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नुभएको थियो ।



अपहरणमा संलग्नलाई कारवाही माग रुपन्देहीका पत्रकार विन्दु चौहानकी छोरी अपहरणको घटनाले आज प्रदेशसभाको बैठकमा प्रवेश पायो । बैठकको शून्य समयमा प्रदेशसभा सदस्य सुनिता ठठेरले समाचार लेखेकै कारण पत्रकारकी छोरी अपहरणमा पर्नु विडम्बना भएको बताउँदै अपहरणमा संलग्नलाई कारवाहीको माग गर्नुभयो । उहाँले भन्नुभयो, “समाचार लेखेकै कारण पत्रकारका परिवार असुरक्षित हुनु राम्रो भएन, सरकारको यसतर्फ ध्यान जानुपर्छ ।

” प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, दिनेश पन्थी, कुरमती ढेगा, रुन्धावती शर्मा, दीपा विकलगायतले बजारमा कालोबजारी बढेका कारण अनुगमनमा ध्यान दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकको विशेष समयमा प्रदेशसभा सदस्य वैजनाथ कलवारले प्रदेशमा सुशासन कायम राख्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारको न्यूनीकरणका लागि पहल गर्न सरकारलाई आग्रह गर्नुभयो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय

विचार/ब्लग

ads logo
ads logo
ads logo

भिडियो / टीभी