स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

तराई–मधेशमा गर्मीको जोखिम

सेयर गर्नुहोस

काठमाडौँ, २५ चैत ९: विशेषगरी तराई–मधेशमा गर्मीको जोखिम शीतलहरको तुलनामा उच्च हुँदै गएको छ । गर्मीका कारण नै गत केही दिनअघि पर्सा र वारा जिल्लाका केही स्थानमा हावाहुरीले अकल्पनीय क्षति पुगेको नेपालमा पहिलो पटक सम्पन्न ‘नेपालमा तातो हावा ९लु० र त्यसले स्वास्थ्यमा पार्नसक्ने प्रतिकूल प्रभाव’ विषयको अध्ययनले देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ सार्वजानिक गरेको प्रतिवेदनमा गर्मी बढ्ने क्रममा रहेको र देशको दक्षिणी भेगमा गर्मी रात, अग्रिम मनसुन र मनसुनको समयमा वर्षा धेरै हुनेगरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । जल तथा मौसम विभागको सहयोगमा सन् १९८७ देखि २०१६ सम्मको तथ्याङ्क अध्ययन गरिएको थियो ।

तीन जिल्लाका ३१८ सहभागीलाई गरिएको अध्ययनमा ५० प्रतिशत सहभागीमा बढ्दो तापक्रमले स्वास्थ्यमा समस्या देखिएको प्रतिवेदनले औल्याएको छ । प्रतिवेदन भन्छ, “तराई–मधेशमा गर्मीलहरको जोखिम उच्च हुँदै गएको छ । यससित जुध्न समयमै समस्या सम्बोधन हुनु जरुरी रहेको छ ।”

दमरोगी बढ्दै आज नै सार्वजानिक गरिएको नसर्ने दीर्ध रोगसम्बन्धी राष्ट्रिय सर्वेक्षणले दमरोगको भार ११ दशमलव सात रहेको जनाएको छ । नसर्ने दीर्घ रोगसम्बन्धी ७२ जिल्लामा २० वर्ष उमेर समूहभन्दा माथिका १३ हजार २०० मा गरिएको सो अध्ययनले मधुमेह ८।६, मिर्गौला ६, मुटु २।९ प्रतिशतमा समस्या देखिएको थियो । सहभागीका रगत, पिसाबका साथै मुटु र छातीको परीक्षण गर्दा सो समस्या देखिएको प्रतिवेदनले जनाएको छ । नसर्ने दीर्ध रोगको भार कति रहेको थियो भन्ने कुनै अध्ययनसमेत भएको थिएन । मुटु, मिर्गोला, क्यान्सरलगायतका रोगको उपचारमा सरकारले आर्थिक अनुदान समेत दिँदै आएको छ ।

जनसङ्ख्यामा आधारित क्यान्सर रोगसम्बन्धी अर्को अध्ययनले सबैभन्दा बढी काठमाडौँमा क्यान्सरका रोगी पाइएको देखाएको छ । परिषद्ले हाल विभिन्न नौ जिल्लामा जनसङ्ख्यामा आधारित क्यान्सर दर्ता जारी राखेको छ । अर्कोतर्फ धनुषा, भक्तपुर र दोलखामा गरिएको मानसिक स्वास्थ्य सम्बन्धी सर्वेक्षणले ११ प्रतिशत किशोर किशोरी तथा १३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या देखिएको थियो । विद्यालयमा स्वास्थ्यकर्मीको प्रावधान सम्बन्धी अर्को अध्ययनले विद्यालयमा स्वास्थ्यकर्मीलाई परिचालन गर्दा व्यवहार परिवर्तन र व्यक्तित्व विकासमा सहयोग पुगेको पुष्टि गरेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -