स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

प्रदेशस्तरीय क्रिकेटः प्रदेश नं २ र ५ विजयी

criket sports - TON
सेयर गर्नुहोस

काठमाडौँ, २१ चैत: राजधानीमा जारी सोह्र वर्षमुनि (यु–१६) प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा प्रदेश नं २ र प्रदेश नं ५ विजयी भएका छन् ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नं २ ले प्रदेश नं १ लाई ६ विकेटले तथा प्रदेश नं ५ ले कर्णाली प्रदेशलाई ६ लाई ६ विकेटले पराजित ग¥यो ।

पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको प्रदेश नं १ ले १५ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै ७८ रन बनायो । प्रदेश नं २ ले ७९ रनको विजय लक्ष्य १६ ओभरमा चार विकेट गुमाउँदै पुरा ग¥यो ।

प्रदेश नं २ का लागि साहिलकुमार पटेलले एक छक्का र तीन चौकको मद्दतमा ३५ रन बनाए । पर्शुराम यादवले ३३ बलमा तीन चौकासहित अविजित २६ रन जोडे । बलिङतर्फ प्रदेश नं १ का कप्तान दिपेश कँडेलले तीन विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा प्रदेश नं १ का कप्तान दिपेश कँडेलले ६ चौकासहित ३३, रुपक बरालले ८ तथा विपिन महतोले ६ रन बनाए ।

बलिङतर्फ प्रदेश नं २ का विशाल पटेलले चार विकेट लिए । म्यान अफ द म्याच विशालले चार ओभरमा २९ रन खर्चे । यस्तै अरबाज अन्सारीले तीन, निखिल सिंहले दुई तथा सतिश यादवले एक विकेट लिए ।

आजै सम्पन्न अर्को खेलमा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले २४ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै ७१ रन बनायो । प्रदेश नं ५ ले १३औँ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य प्राप्त ग¥यो ।

उसका लागि सुशान्त थापाले अविजित ३१ रन बनाए । उनले २९ बलको सामना गर्दै चार चौका प्रहार गरे । कप्तान विशालविक्रम केसीले आठ बलमा एक छक्का र दुई चौकासहित १६ रन बनाए । बलिङतर्फ कर्णाली प्रदेशका राजकुमार शाही, युवराज खत्री र युनिश सिंहले एक÷एक विकेट लिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -