स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

मौलिकता राष्ट्रको धरोहर : पूर्व राष्ट्रपति

Former President Dr. ranvaran, trending news, topnews Yadav
सेयर गर्नुहोस

काभ्रेपलाञ्चोक, १७ चैत  : पूर्व राष्ट्रपति डा रामवरण यादवले राष्ट्रलाई विश्वभर चिनाउने मौलिकता राष्ट्रको धरोहर भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित नुवाकोटको नाट्यश्वर म्युजिक अवार्ड–२०७५ अन्तर्गत सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “मौलिकता राष्ट्रको धरोहर हो, मौलिकताले राष्ट्रलाई विश्वभर चिनाउँछ ।”

उहाँले सभ्यताले मुलुक कति पुरानो हो भन्ने पनि चिनाउने बताउनुभयो । पूर्व राष्ट्रपति डा यादवले नेपाल आर्य र मङ्गोल सभ्याताको बीचमा रहेको उल्लेख गर्दै नेपालीले आफ्नो मौलिकता छाड्न नहुने बताउनुभयो । “वेदबाट शुरुभएको हाम्रो मौलिकता आधुनिक युगसम्म आइपुग्दा बिर्सेका छैनौँ”, उहाँले भन्नुभयो, “अब पनि हामीले हाम्रो मौलिकता छाड्नुहुन्न ।” नेपाली कला, संस्कृति र सभ्यताले नेपाल विश्वभर चिनिएको उहाँको जिकिर थियो ।

पूर्व राष्ट्रपति डा यादवले नेपाल विविध भौगोलिकताले भरिएको मुलुक भएकाले यहाँ विभिन्न जातजाति र बहुभाषिक हुनु स्वाभाविक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी हिमाली देश भनेर चिनिन्छिौँ, कला र संस्कृतिलाई जोगाउनु हाम्रो दायित्व पनि हो ।”

पूर्व राष्ट्रपति डा यादवले फरक प्रसङ्गमा विपन्नताले ग्रसित हाम्रो मुलुकमा अहिले परिवर्तन आएको बताउनुभयो । “मुलुकमा परिवर्तन भएको छ, आशा गरौँ विपन्नता हट्नेछ”, उहाँले भन्नुभयो । कार्यक्रममा उहाँले नाट्यश्वर दशक–सम्मानबाट वरिष्ठ कलाकार बसुन्धरा भुसाल, नाट्यश्वर रत्न–सम्मानबाट चैत्यदेवीलगायत तामाङ सेलो, म्हेन्दोमाया, लोकदोहोरी, आधुनिक र पपलगायत विधामा कलाकार तथा पत्रकारलाई सम्मान गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -