फेवा नव वर्ष महोत्सव फेवा नव वर्ष महोत्सव



पोखरा, १४ चैत  : नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पश्चिमाञ्चल होटेल सङ्घको आयोजनामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवा किनारस्थित कोमागाने पार्कमा फेवा नव वर्ष महोत्सव हुने भएको छ ।

सङ्घद्वारा वर्षेनी नयाँ वर्षका अवसरमा हुँदै आएको महोत्सवअन्तर्गतको १६ औँ संस्करणबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विकल तुलाचनले दिनानुदिन प्रदूषित र साँघुरिँदै गएको फेवातालको संरक्षण गर्दै खाना, संस्कृति र सङ्गीतलाई जोड्न महोत्सव गर्न लागिएको बताउनुभयो ।

महोत्सवमा देश विदेशमा प्रवद्र्धनका लागि छानिएका परम्परागत नेपाली खानाको प्रस्तुतिका साथै सांस्कृतिक झाँकी प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता, प्रसिद्ध कलाकारबाट पप कन्सर्ट, बाल उद्यान तथा मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति, पर्यटक दौड प्रतियोगिताका साथै लोक दोहोरीका कार्यक्रम सञ्चालन हुनेछन् ।

महोत्सव सम्पन्न गर्न सङ्घका अध्यक्ष तुलाचनको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सवकै प्रचारका लागि सङ्घले काठमाडौँ, जनकपुर, चितवन, लुम्बिनीजस्ता प्रमुख शहरमा चाँडै नै ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com