स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

‘जीवन काँडा कि फूल’ भियनामा

सेयर गर्नुहोस

काठमाडौँ, १२ चैत:अष्ट्रियाको भियनामा ‘जीवन काँडा कि फूल’ चलचित्र सोमबार प्रदर्शन गरिएको छ । नेपाली साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित बायोपिक फिल्म प्रदर्शनीमा अष्ट्रेलियाका निम्ति नेपाली राजदूत प्रकाश सुवेदी, नेपालका लागि अष्ट्रियाका पूर्वराजदूत लिजेलोट्टे भालडाइम, भियना शहरका सांस्कृतिक प्रमुख डा हायदर सारी, इन्टरपोल अफिसर जिला क्लाउडियालगायत विशिष्ट अष्ट्रेलियाली र नेपालीको सहभागिता थियो ।

नेपालबाट भियना पुग्नुभएका चलचित्रका निर्देशक विनोद विष्ट, बेलायतबाट भियना पुग्नुभएका ‘जीवन काँडा की फूल’ पुस्तकका प्रकाशक विश्वासदीप तिगेला र राजदूत सुवेदीले चलचित्रबारे बोल्नुभएको थियो । चलचित्र हेरेर धेरै दर्शकका आँखा रसाएका थिए ।

विशेष चलचित्र मात्र प्रदर्शन गरिने फिल्म क्यासिनो हलमा नेपाली चलचित्र प्रदर्शन गर्नु गर्वको विषय भएको सहभागी रुद्र विश्कर्माले बताउनुभयो । अन्य दर्शकले चलचित्र नौलो, रोचक र प्रेरणादायी भएको बताए । प्रदर्शनीको आयोजना अष्ट्रियाली नेपाली समाज सगरमाथाले गरेको हो । समाजका अध्यक्ष शिला स्टाइनरले उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रमलाई नेपाली सामाजिक तथा सांस्कृतिक संस्था (नेसासा) को पनि साथ र सहयोग थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -