क्षमतावान् खेलाडीको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री राउत क्षमतावान् खेलाडीको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री राउत



धनुषा, ११ चैत : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलमै आफ्नो जीवन समर्पण गर्ने क्षमतावान् खेलाडीको स्थायी जीविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताउनुभएको छ । जनकपुरधाममा आजदेखि शुरु भएको तेस्रो शहीद कप क्रिकेट प्रतियोगिताको उद्घाटनमा मुख्यमन्त्री राउतले विश्वमै मुलुक र प्रदेशलाई चिनाउने खेलाडीको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो ।

विश्वको अन्य मुलुकमा खेलाडीलाई विभिन्न निकायमा जागिर दिने गरिए जस्तै प्रदेश नं २ को सरकारले समेत प्रादेशिक संरचनाभित्र क्षमतावान् खेलाडीलाई विशेष स्थान दिने बताउनुभयो । कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश नं खेलाडीको उर्बर भूमि रहेको उल्लेख गर्दै खेलाडीलाई उजागर गर्न प्रदेश सरकार हर संभव प्रयास गर्ने बताउनुभयो ।



आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले खेलकूद असल र अनुशासित नागरिक निर्माण गर्ने मूल स्रोत रहेकाले क्षमतावान् खेलाडी पहिचान गर्न वडास्तरबाटै प्रतियोगिता गराउने क्यालेण्डर निर्माण गरेर प्रदेश सरकार अघि बढ्ने उल्लेख गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन सत्रमा शहीद सञ्जय चौधरी, नितु यादव, दिलीप यादव, रोहन चौधरीसहितको परिवारलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । यही चैत १९ गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरहवा र काठमाडाँै तथा भारतबाट पटना, दरभङ्गा र कानपुर गरी जम्मा आठ टोली सहभागी छन् ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय

विचार/ब्लग

ads logo
ads logo
ads logo

भिडियो / टीभी