स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

आगलागीमा रु ३७ लाख क्षति

सेयर गर्नुहोस

लमही, ८ चैत : दाङका विभिन्न स्थानमा आगलागी हुँदा रु ३७ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दाङको राजपुर, बङ्गलाचुली, घोराही र तुलसीपुरका विभिन्न स्थानमा आगलागी हुँदा रु ३६ लाख ९९ हजार बराबरको क्षति भएको छ ।
प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार बिहीबार र आज गरी बङ्गलाचुलीका दुई, तुलसीपुरको एक, घोराहीको एक र राजपुरको एक स्थानमा आगलागी हुँदा घरगोठ, चौपाया र कुखुरासमेत गरी उक्त क्षति भएको हो ।

आज अपराह्न घोराही उपमहानगरपालिका–७ बेसाइ बेलडाँडाको जीतेन्द्र थापाको कुखुरा फार्ममा आगलागी हुँदा एक हजार ५० कुखुरा र कुखुरा फार्म पूर्णरुपमा क्षति भएको छ । विद्युत् सर्ट भई आगलागी हुँदा रु ११ लाख ४९ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै आजै तुलसीपुर–१४ असमी बस्ने पर्समान गिरीको एकतले फुसको छानोमा आगलागी हुँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागी हुँदा घर पूर्णरुपमा क्षति भएको छ, भने घरमा रहेका चारवटा बाख्रा, जाली, अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको छ ।

त्यस्तै बिहीबार राजपुर गाउँपालिका–१ बरुवानाका बाबुराम सुनार, लोकबहादुर सुनार, बङगलाचुली गाउँपालिका–४ गहतेराका गोकर्ण डाँगी, वर्षीय धनेश्वर डाँगी, दिनबहादुर गमाललगायतका घर र गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -