स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ बहुमतले पारित

सेयर गर्नुहोस

काठमाडौँ, ८ चैत  : राष्ट्रियसभाको आजको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ ।

संशोधन प्रस्तावकर्ता सांसद राधेश्याम अधिकारीले राख्नुभएको प्रस्तावलाई अस्वीकृत गर्दै बहुमतले सो विधेयक पारित गभएको हो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रियसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पेश गर्नुभएको थियो ।

विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५’ र ‘भू–उपयोग विधेयक, २०७५’ प्रतिनिधिसभाबाट आएको सन्देशसहितको प्रतिवेदन पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक चैत १० गते आइतबार ११ बजे बस्ने भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -