स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

चरेशसहित दुई पक्राउ

trending news, latest news, hotnews, popular news, criminal case, corruption search, crime
सेयर गर्नुहोस

काठमाडौँ, ७ चैत : महानगरीय प्रहरी अपराध महाशाखाले चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । धादिङको थाक्रेका रामचन्द्र परियार र सानुभाइ दर्जीलाई चार किलो ६३० ग्राम चरेशसहित पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ ।

लागुऔषध चरेशको कारोवार गर्ने गरेको भन्ने सूचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले चलाएको खोजी अभियानका क्रममा काठमाडौँ महानगरपालिका–१५ चमतीमा उनीहरुलाई पक्राउ गरिएको हो ।

सानुभाइ दर्जीको कोठा खानतलासी लिँदा झोलाबाट नौ वटा प्याकेटमा चार किलो ६३० ग्राम चरेश फेला परेको महाशाखाका निमित्त प्रमुख केदार ढकालले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडाँै पठाइएको उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -