स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

“पत्रकारले विकट क्षेत्रका समस्या र सम्भावनाको खोजी गर्न लाग्नुपर्छ ”

सेयर गर्नुहोस

मार्तडी, ७ चैत  : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारमाध्यम सकारात्मक नभए समाज र देश समृद्ध बनाउन सम्भव नहुने बताउनुभएको छ ।

बुढीनन्दा नगरपालिकाको कोल्टीमा उत्तरी भेगको पहिलो सुनन्दा दैनिक पत्रिकाको विमोचन कार्यक्रममा मा मन्त्री शाहले, “पत्रकारले विकट क्षेत्रका समस्या र सम्भावनाको खोजी गर्न लाग्नुपर्छ ।” दुर्गम तथा विकट क्षेत्रमा दैनिक पत्रिकाले गाउँसमाजका समस्यालाई उजागर गर्दै देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास मन्त्री शाहले गर्नुभयो ।

राष्ट्रियसभाका सदस्य बद्रीप्रसाद पाण्डेले संस्कृति र संस्कारको पहिचान र संरक्षण गर्न सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताउनुभयो । पाण्डेले सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गर्न जरुरी रहेको बताउनुभयो ।

यस्तै सुदूरपश्चिम प्रदेशसभा सदस्य बलदेव रेग्मीले उत्तरी भेकका चार स्थानीय तहमा थुप्रै सम्भावना र समस्या भएकाले सत्यतथ्य समाचार सञ्चारमाध्यममा आउनुपर्नेमा जोड दिनुभयो । विकट क्षेत्र रहेको उत्तरी भेकमा पहिलोपटक पत्रिका सञ्चालनमा ल्याएको पत्रिकाका प्रकाशक देविका शाहले बताउनुभयो । उहाँले उक्त क्षेत्रका सम्भावना र समस्यालाई उजागर गर्न पत्रिका सञ्चालनमा ल्याइएको शाहको भनाइ थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -