स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

सिरियाका पौने दुई लाख शरणार्थी लेबनानबाट घर फिर्ता

सेयर गर्नुहोस

बेरुत, ६ चैत: लेबनानमा रहेका पौने दुई लाख सिरियाली शरणार्थीहरु घर फर्किएको अधिकारीहरुले बताएका छन् ।

लेवनानका अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार यही मार्च सम्ममा स्वदेश फर्किने सिरियाली शरणार्थीहरुको संख्या एक लाख ७२ हजार ४६ पुगेको छ ।

“सिरियाली शरणार्थीहरुलाई आफ्नै देशमा फर्काउनका लागि लेबनानले स्वंयसेवी भएर निरन्तर रुप धेरै कामहरु गरेको छ,” एक अधिकारीले भने । उनले आगामी दिनमा पनि निरन्तर यो काम गरिरहने पनि बताए ।

केही शरणार्थीहरुले भने सिरिया फर्किएपनि सुरक्षित रहन नसकेको बताएका छन । स्वदेश र विदेशमा ठूलो संख्यामा सिरियाली शरणार्थी बसेका छन् । यहाँ लामो समयदेखि जारी हिंसाका कारण चार लाखभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् ।

हिंसा अझै रोकिएको छैन । यहाँ गृहयुद्ध जारी छ । जसले गर्दा यहाँका लाखौँ लाख नागरिक स्वदेश र विदेशमै शरणार्थीका रुपमा बाँच्नु परिरहेको अवस्था छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -