स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

एएफसी कपलाई टोली घोषणा

सेयर गर्नुहोस

काठमाडौँ, ५ चैत : मनाङ मस्र्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी)कप खेल्ने २१ जना खेलाडीको सूची एएफसीमा पठाएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेताको हैसियतामा पहिलो पटक एएफसी कप खेल्न लागेको मनाङले घरेलु फुटबलका स्टार खेलाडीलाई समावेश गर्दै २१ खेलाडीको सूची आज सार्वजनिक गरेको हो ।

लिगको उपाधि यात्रामा समावेश अधिकांश खेलाडीको नाम समावेश गर्दै मनाङले नाम पठाएको जनाएको छ । क्लबका अनुसार २१ सदस्यीय खेलाडीमा गोलकिपरमा विशाल श्रेष्ठ, अशोक बराल र दीप कार्की, डिफेन्डरमा विराज महर्जन, कमल श्रेष्ठ, सुरज विश्वकर्मा, मोहमद सफी, प्रवेश कुँवर, देवेन्द्र तामाङ, छिरिङ गुरुङ र अजिज साहिद छन् । मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, प्रकाश बुढाथोकी, अभिषेक रिजाल र शिव श्रेष्ठ र फरवार्डमा अजिज ओलावले, विमल राना र एडिलाजा सोमिडे छन् ।

एएफसी कपको समूह ‘डी’मा रहेको मनाङले बङ्गलादेशको अबहानी लिमिटेड र भारतको मिनेरभा मञ्जाब र चेन्नई एफसीसँग ‘होम एण्ड अवे’ का आधारमा खेल्नेछ । समूह चरणको पहिलो खेलमा मनाङले बङ्गलादेशी लिग च्याम्पियन अबहानी लिमिटेडसँग यही चैत २० गते ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल्नेछ । त्यसपछिका खेलतालिका भने सार्वजनिक गरिएको छैन

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -