स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

होचिमिन्हबाट प्रभावित छु : प्रधानमन्त्री

Prime Minister KP Sharma Oli
सेयर गर्नुहोस

काठमाडौँ, ५ चैत  : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भियतनामी नेता होचिमिन्हबाट निकै प्रभावित भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका राजदूत फाम सान्ह चाउले आज गर्नुभएको शिष्टाचार भेटमा प्रधानमन्त्रीले आफूले नेता होचिमिन्हका बारेमा धेरै पुस्तक अध्ययन गरेको स्मरण गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले नेपाल र भियतनामबीच विविध क्षेत्रमा समानता रहेको तथा विद्यमान सुमधुर सम्बन्धलाई थप उचाइमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

भेटमा राजदूत चाउले भियतनाम तथा नेपालले प्राप्त गरेका सफलता तथा अनुभव आपसी हितमा प्रयोग गर्न सकिने बताउनुभयो । उहाँले भियतनामले छोटो समयमा नै मुलुकको आर्थिक विकास, व्यापार प्रवद्र्धन, पर्यटन, कृषि, सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमा सफलता हासिल गरेको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -