स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

तीन नाकामा बर्ड–फ्लू चेक प्वाइन्ट

kukhura
सेयर गर्नुहोस

काभ्रेपलाञ्चोक, ५ चैत: राजधानी काठमाडौँलगायत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्ड–फ्लू संक्रमण देखिएपछि भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीनवटा नाकामा ‘चेक प्वाइन्ट’ राख्ने निर्णय गरेको छ ।

जिल्लामा बर्ड–फ्लुजन्य संक्रमण भित्रिन नदिन मंगलटार, साँगा र नाला नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरिएको केन्द्रप्रमुख डा.मोगलप्रसाद शाहले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्ट सञ्चालन हुनेछ । केन्द्रप्रमुख डा.शाहले भन्नुभयो, “प्रहरी कार्यालयसँगै चेक प्वाइन्ट राखिनेछ, पक्षी स्वस्थ भएको प्रमाणपत्र नभए नाकाबाट भित्रिन दिइने छैन ।”

केन्द्रले पूर्वी तराइदेखि सिन्धुलीहुँदै विपी राजमार्गबाट राजाधानी भित्रिने काभ्रेपलाञ्चोकको मंगलटार नाका, काठमाडौबाट जिल्ला भित्रिने साँगा नाका र भक्तपुरतर्फबाट भित्रिने नाला नाकामा चेक प्वाइन्ट राखिने बताइएको छ । सोका लागि केन्द्रले स्थानीय तहलाई पत्राचार गरिसकेको डा.शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “तोकिएका नाकामा आजैबाट जाँच शुरु गर्ने तयारीमा छौँ ।”

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -