स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

सत्य, तथ्य र यथार्थपरक समाचार सम्प्रेषण गर्नुपर्छः मुख्यमन्त्री भट्ट

सेयर गर्नुहोस

कैलाली, ५ चैत:सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सत्य, तथ्य र यथार्थपरक समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।
धनगढीमा आज आयोजित नेपाल अनलाइन पत्रकार सङ्घको प्रथम भेलाको उद्घाटन गर्दै उहाँले नेपाली जनता र राष्ट्रको चाहनाअनुसारको विकास निर्माणमा प्रोत्साहन गर्ने कार्यमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
प्रदेशसभा सदस्य भरतबहादुर खड्काले पत्रकारिता क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल अनलाइन पत्रकार सङ्घका अध्यक्ष उमिद बागचनले पत्रकारिताका मूल्य मान्यताभित्र रहेर जवाफदेही र मर्यादित अनलाइन स्थापना गर्न खोजिएको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -