स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

विराटनगर–ढाका हवाईसेवा सञ्चालन आवश्यक

सेयर गर्नुहोस

विराटनगर, ४ चैत : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बढीभन्दा बढी बङ्गलादेशी पर्यटक ल्याउनका लागि विराटनगर–ढाका हवाईसेवा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

बङ्गालादेश दूतावास काठमाडौँ र युवा विकास केन्द्र इटहरीद्वारा संयुक्त रुपमा आयोजित “व्यापार र पर्यटन प्रवद्र्धनमा हिमालयदेखि समुद्रसतहसम्म” विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले नेपालको व्यापार घाटा कम गर्नका लागि भएपनि बङ्गलादेशी पर्यटक नेपाललाई आकर्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालका लागि बङ्गलादेशका राजदूत मास्फे विन्ते शाम्सले बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालले गरेको सहयोगको स्मरण गर्दै एक सय आठ नेपाली उत्पादनलाई बङ्गलादेशले भन्सार सुविधा दिएको बताउनुभयो ।

प्रदेशसभा सदस्य सूर्यमाराज राई, नवोदिताकुमारी चौधरी, लीलाबल्लभ अधिकारी, मोहन खड्का र उदिता परियारले समृद्ध मुलुकको निर्माणका लागि नेपालले बङ्गलादेशबाट धेरै कुरा सिक्नुपर्ने बताउँदै नेपालको व्यापार घाटा कम गर्न पर्यटन प्रवद्र्धन तथा चिया र अलैँची निर्यातलाई सहज बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा विगत दश वर्षमा बङ्गलादेशले गरेको आर्थिक उन्नति र पर्यटन प्रवद्र्धन विषयमा डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -