स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

सिञ्जा सभ्यता गुरुयोजना अलपत्र, ऐतिहासिक पर्यटकीयस्थल सङ्कटमा

सेयर गर्नुहोस

खलङ्गा, २ चैत ) : नेपाली भाषाको जन्मथलो जुम्लाको सिञ्जा सभ्यताको क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि तयार पारिएको गुरुयोजनालाई बेवास्ता गरिएको स्थानीयले गुनासो गरेका छन् ।

जुम्ला सामाजिक विकास केन्द्रले प्रस्तावमा ल्याइएको १० वर्षे गुरु योजनालाई बेवास्ता गरिएको कनकासुन्दरी गाउँपालिका–४ का भक्तबहादुर बोगटीले बताउनुभयो । सिञ्जा क्षेत्रको विकासको लागि जुम्ला सामाजिक विकास केन्द्रले २०६५ सालमा गुरु योजना बनाएको थियो ।

योजनामा सिञ्जा क्षेत्रमा चार लेन सडक निर्माण, तटबन्ध निर्माण, ओझेलमा परेका मठमन्दिर व्यवस्थित गर्ने, सङ्ग्रहालय निर्माण, स्नातकोत्तर अध्ययन गर्ने कलेज स्थाना, पर्यटक, बिरामी भएमा औषधि उपचारका लागि अस्पताल निर्माण, सर्पदंशको उपचार सेवा सञ्चालन गर्ने, मठमन्दिरको संरक्षण गर्ने, पशु पचौपायाको संरक्षणस्थल निर्माण लगायतका विषय उल्लेख गरेको बोगटीले बताउनुभयो ।

मन्त्रालय र सम्बन्धित कार्यालयमा डेलिकेशन गएको र साविकको जिल्ला विकास समितिले समेत १० वर्षे योजना पारित गरिसक्दा पनि चासो नदिइएको जुम्ला सामाजिक विकास केन्द्रका अध्यक्ष तथा कनकासुन्दरी गाउँपालिका–४ का बोगटीले उक्त गुरुयोजनालाई तत्काल कार्यान्वयनमा नलगे जिल्लालाई घाटा हुने उहाँको भनाइ छ । सिञ्जा क्षेत्र धार्मिक एवं पर्यटकीय महत्व बोकेको क्षेत्र हो ।

त्यहाँ कनकासुन्दरी मन्दिर, बिराट दरबार, पाण्डफ गुफाको गरुड नुहाउनी मन्दिर, वाणगङ्गा मन्दिर, पवित्र तीर्थस्थल मानिन्छ । छरिएका बेवारिसे अवस्थाका ढुङ्गे खम्बा, देवल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेष देख्दा उनको मन बहकिन्छ ।

सिञ्जाका प्रमुख पर्यटकीयस्थल पाण्डवगुफा, बिराट दरबार, कनकासुन्दरी मन्दिरलगायत अहिले बेवारिसे अवस्थामा छन् । बिराट दरबारको भग्नावशेष मात्रै भेटिन्छ । सिञ्जामा बोलिने भाषा, त्यहाँको सभ्यता, त्यहाँका पर्यटकीयस्थल, धार्मिक स्थल, पुराना दरबार सङ्कटमा पर्दै गएका छन् ।

सिञ्जा क्षेत्रमा अहिले जम्मा तीन स्थानीय तह रहेका छन् । स्थानीय तहले सिञ्जाको खस भाषा विद्यालयस्तर तहमा खस भाषाको पाठ्यक्रम पनि तयार पार्न लागि परेको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो ।

कनकासुन्दरी गाउँपालिकाले सिञ्जा सभ्यताबारे पाँच वर्ष रणनीतिको बजेट पारित भएकाले यहाँका पम्परागत सामाजिक रहनसहन वारे केन्द्रदेखि स्थानीयस्तरसम्म सिञ्जा सभ्यताको खाका तयार पारिने अध्यक्ष नरबहादुर रावतले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -