स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

महङ्गी नियन्त्रणमा सरकार उदासिन : उपसभापति निधि

सेयर गर्नुहोस

धनुषा, १ चैत : नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा महङ्गी बढेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन भएको आरोप लगाउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको आज यहाँ आयोजित दशौँ केन्द्रीय परिषद् भेलामा बोल्दै उपसभापति निधिले जनताको हितमा सरकारले केही गर्न नसकेको बताउनुभयो । सरकार लोकतन्त्र, किसान र मजदुर विरोधी भएको उपसभापति निधिले आरोप लगाउनुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले भ्रष्टाचार भएको प्रमाण सरकारले थाहा पाएपनि कारवाही गर्न नसकेको आरोप लगाउनुभयो । “भ्रष्टाचारको कुरा आम नागरिकलाई थाहा छ तर सरकार मौन छ । हत्या बलात्कारका दोषीलाई सरकार समाउन सक्दैन”, थापाले भन्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -