स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

‘स्थानीय तहलाई केन्द्रसँग पक्की सडकले जोड्नुपर्छ’

province 3, nepal - dolmani poudel - the times of nepal
सेयर गर्नुहोस

हेटौँडा, १ चैत : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रत्येक स्थानीय तहलाई केन्द्रसँग पक्की सडकले जोड्नुपर्ने बताउनुभएको छ ।

प्रदेशसभाकोे प्रदेश मामिला समितिद्वारा आज यहाँ आयोजित बजेट कार्यान्वयन र प्रगति विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले प्रत्येक स्थानीय तहमा कम्तिमा १५ शै्याको अस्पताल तथा एउटा उद्योग ग्राम निर्माण गरिने बताउनुभयो ।

अन्तरक्रियामा प्रदेशसभा सदस्यका जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले एकीकृत बस्ती निर्माणको कामलाई प्राथामिकतामा राखेको जानकारी गराउनुभयो । उहाँले एकीकृत बस्ती निर्माणका लागि सरकारले प्रकृयासमेत अगाडि बढाइसकेको बताउनुभयो ।

उहाँले मकवानपुरमा १६० वटा घर बनाउने तयारी भइरहेको र दोलखा, रामेछाप र सिन्धुलीमा पनि एकीकृत बस्तीको निर्माण प्रकृया अगाडि बढेको जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशले जटिलता सगै अवश्यक कानून निर्माण गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तर्फबाट प्रमुख सचिव आनन्दराज ढकाललगायत सचिवले मन्त्रालयले सम्पादन गरेका कार्य विवरण पेश गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -