अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ



काठमाडौँ, १ चैत  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न स्मरण गराउनुभएको छ
“उद्यमी व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नु पछ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “यस क्षेत्रमा सक्रिय नियामक निकायले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशल हुनुपर्ने खाँचो छ”, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले पारित गरेको उपभोक्ता अधिकारसम्बन्धी मार्ग निर्देशनका आधारमा सरकारले कानूनको निर्माण र संशोधन गरी उपभोक्ताको अधिकारलाई मजबुत गर्न हरतरहले प्रयास गरिरहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय