अवैध हतियार बुझाउन गृहको आग्रह अवैध हतियार बुझाउन गृहको आग्रह



काठमाडौँ, ३० फागुन । गृह मन्त्रालयले अवैध हातहतियार तथा खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्यरुपमा बुझाउन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को २०७५ फागुन २८ को निर्णयअनुसार गृहले आज सार्वजनिक सूचना प्रकाशित गरी कानूनबमोजिम लिनुपर्ने इजाजत नलिइ वा इजाजतपत्र नवीकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्युपश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले नेपाल राज्यभित्र कोही कसैले त्यस्तो अवैध हतियार भएमा बुझाउन सम्बन्धित सबैमा आग्रह गरेको हो ।

“यसरी बुझाउन ल्याएमा यसअघि अवैध हातहतियार र खरखजाना राखेका कारणले मात्र त्यस्ता व्यक्तिलाई कुनै कानूनी कारवाही नचलाइने हुँदा तोकिएको समयभित्र अवैध हातहतियार तथा खरखजाना अनिवार्यरुपमा बुझाउनुहुन आग्रह गरिन्छ । यदि इजाजत प्राप्त नगरी आफूसँग रहेका हातहतियार तोकिएको अवधिभित्र स्वेच्छाले नबुझाएमा त्यस्ता व्यक्तिउपर प्रचलित कानूनबमोजिम कारवाही गरिने छ”, गृहको सूचनामा उल्लेख छ ।

 


User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय