स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमापसलबाट रु २५ लाख असुली

सेयर गर्नुहोस

काठमाडौँ, ३० फागुन : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको हालसम्मको अवधिमा १०५ व्यवसायको अनुगमन गरी कारवाहीस्वरूप रु २५ लाख असुल गरेको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा विभागले बुधबार पत्रकार सम्मेलन गरी गत कात्तिकदेखि लागू भएको नयाँ ऐन पालना गर्दै कारवाहीस्वरूप उक्त रकम असुल गरेको जनाएको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले गत असोजसम्मको अनुगमनमा अधिकृतले अनुगमनस्थलमा नै कारवाही गर्न मिल्ने व्यवस्था नभएको बताउनुभयो । नयाँ ऐनअनुसार गत कात्तिकदेखि अनुगमन अधिकृतले गलत सावित गरे आवश्यकतानुसार रु पाँच हजारदेखि तीन लाखसम्म अनुगमनस्थलमा नै रकम असुल गर्न पाउने कानूनी व्यवस्था छ ।

उपभोक्ताको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने व्यवसायमा विभागले चालू आवमा दुई हजार ८०० व्यवसाय अनुगमन गर्ने लक्ष्य लिए पनि हालसम्म एक हजार ३८१ को मात्रै अनुगमन गरेको छ । गत आवमा भने विभागले काठमाडौँ उपत्यका र बाहिर गरी पाँच हजारको अनुगमन गरेको थियो । प्रदेश र स्थानीय तहमा अझै कानून नबनेकाले प्रभावकारीरूपमा बजार अनुगमन गर्न केही समस्या भएको विभागले जनाएको छ ।

उपभोक्ता जागरण कार्यक्रम

हरेक वर्ष मनाइँदै आएको विश्व उपभोक्ता अधिकार दिवस यस वर्ष पनि ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार ः हामी सबैको सरोकार भन्ने’ मूल नाराका साथ मनाउने तयारी विभागले गरेको छ । सन् १९८३ देखि मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाउन थालिएको हो ।

दिवसकै अवसर पारी विभागले आज उपभोक्ता संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकाका कोटेश्वर, लगनखेल, महाराजगञ्ज, कलङ्की, बालाजु, चाबहिल, रत्नपार्क, कालीमाटी, नयाँ बानेश्वर, सातदोबाटो र भक्तपुरका विभिन्न स्थानमा उपभोक्ता जागरणसम्बन्धी कार्यक्रम गर्ने तयारी गरेको छ । आगामी चैत १ गते विभागले भने विशेष कार्यक्रम गर्ने बताइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -