स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

‘राष्ट्रिय सुुरक्षाका लागि राष्ट्रिय एकता’

सेयर गर्नुहोस

काठमाडौँ, २९ फागुन : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुुरक्षाका लागि राष्ट्रिय एकता अपरिहार्य भएको बताउनुभएको छ ।

रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरेको १५ दिवसीय उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीमको आज समापन गर्दै उहाँले राजनीतिक स्थायित्वले नै राष्ट्रिय सुरक्षाको चुनौती र खतरालाई सम्बोधन गर्न सक्ने बताउनुभयो ।

“राष्ट्रिय सुरक्षाका लागि सबै नेपाली एक ठाउँमा उभिएर राष्ट्रिय हितको मामलामा अन्तरविरोधी दृष्टिकोणलाई हटाएर साझा धारणा राखेमा राष्ट्रिय सुरक्षाको नीतिगत प्रबन्ध मिलाउन सहज हुन्छ,” उहाँले भन्नुभयो ।

त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले राष्ट्रिय सुरक्षाजस्तो गम्भीर विषमा समस्त नेपाली संवेदनशील हुन जरुरी भएको बताउनुभएको थियो । राष्ट्रिय समाचार समिति (रासस)सहित विभिन्न सरकारी निकायका पदाधिकारी, नेपाली सेनाका रथी तथा अधिकृत र अन्य सुरक्षा निकायका अधिकृतहरु गरी २४ जनाले उक्त तालीम सफलतापूर्वक सम्पन्न गरेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -