स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

सर्जकहरू शब्दरहरमा

सेयर गर्नुहोस

काठमाडौँ, २७ फागुन : तिम्रो आँखामा ट्याम्केको जून रेसाजस्तो गाजल छ तिमीलाई त्यो खुलेको छ राम्रो छ तिमीले हेर्दा ट्याम्केमा वसन्त हेर्छौ लालुपाते फूलहरू हेर्छौ सायद म त्यहाँ ठिहीले लछारेका जिङ्गृङ्ग थुप्रै जीर्ण रुखहरू हेर्छु र , सायद म बाँचिरहेको यो विदीर्ण आफ्नै रुप हेर्छु ।

– ट्याम्के, परशु र म बडो रोचक ढङ्गले पोखिँदै थिए जसराज किराँती, काठमाडौंको दीपज्योति हाईस्कुलमा शब्दरहर साहित्य अभियानलेआयोजना गरेको मासिक सिर्जना वाचनका सिलसिलामा । उनले कार्यक्रममा अतिथि कविको हैसियतले जसराज , तिमी र म , ट्याम्के , परशु र म , सायद तिम्रो पनि , बिरालो , आजकल जसराज , अनि म डराएको गरि सातवटा सिर्जना वाचन गरे । १४ वर्षको युवा वयमा कखरा सिकेर पनि आफ्नो समयका राम्रै कविको छबि बनाएका जसराजले यो अवसरलाई अनुपम अवसरका रूपमा अर्थ्याए । अर्का अतिथि साहित्यकार डा. धनप्रसाद सुवेदीले `जनयुद्ध र म ´ शीर्षकीय कविता वाचन गरेपछि भने -” जसराज किराँती प्रेरणाका स्रोत बने कनिष्ठ कविहरूका निम्ति जसलाई अहिलेका युवा कविहरूले सिको गर्नु जरुरी छ ।

” आफ्नो स्कुले जीवनको स्मरण गर्दै उनले साहित्य हुँदाखाने वर्गमा अहिले पनि प्रवेश गर्न नसकेको तितो सत्यको उजागर गरे । कार्यक्रममा धरणिधर गुरागाईं, भैरवी भूगोल , तारा केसी , उत्तम विचार , माधव घिमिरे `अटल´ , गणेश कडरिया, श्यामराज पाठक , डा. सत्यराज थपलिया , गोपाल पौडेल , सानू शर्मा , दामोदर ढकाल , भवानीमैयाँ पन्त,राजेन्द्र घिमिरे `सागर´ मुक्तान थेबालगायत २९ जना सर्जकहरूले आआफ्ना सिर्जना वाचन गरेका थिए । हरेक महिनाको चौँथो शनिबार आयोजना हुने कार्यक्रमलाई यो पटकको कार्यक्रमलाई रविना घिमिरेले सहजीकरण गरेकी थिइन् भने अभियानका संरक्षक श्रीहरि फुयाँलले अतिथि कवि जसराज किराँतीलाई मायाको चिनो हस्तान्तरण गर्दै कार्यक्रमको समापन गरेका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -